top
नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
Chiranjivi Bhandari

काठमाण्डौ, २६ असार । सिन्धुपाल्चोकको भोटेकोशी २ इकुमा विहिबार विहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार इकुमा सडक माथीबाट पहिरो आएको र सडक तलसम्म भासिएको कारण सडक पूर्ण रुपमा अबरुद्ध भएको हो । ‘माथिबाट पहिरो तलबाट भासिएको छ, तलबाट माटो थेगिने वाल नलगाई सडक खुलाउन समस्या छ’, जिल्ला प्रहरी प्रमुख कार्कीले भने, ‘सडक खुलाउने बारेमा सडक विभागसँग