५० यात्रु लिएर उडेको रुसी विमान बेपत्ता
५० यात्रु लिएर उडेको रुसी विमान बेपत्ता, चिनियाँ सीमा क्षेत्रबाट सम्पर्कविहीन — खोजी कार्य तीव्र
Chiranjivi Bhandari
मस्को, साउन ८ – रूसको एउटा विमान ५० यात्रु बोकेर उडेपछि बेपत्ता भएको छ। चिनियाँ सीमासँग सटिएको सुदूरपूर्वी क्षेत्रबाट अचानक सम्पर्कविहीन बनेको उक्त विमानको खोजी कार्य तीव्र पारिएको छ। रुसी नागरिक उड्डयन निकायले जानकारी दिँदै भनिएको छ, “विमान स्थानीय समय अनुसार बिहान उडेको केही समयमै एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भयो।” विमानमा चालक दलसहित ५० जना यात्रु सवार रहेको र उनीहरू सम्पर्कमा नरहेको पुष्टि गरिएको छ। घटना स्थल नजिकको क्षेत्र हिमाली, वनजंगल र दुर्गम भएको हुँदा खोज तथा उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ। सम्भावित दुर्घटनाको आशंकासँगै सैन्य हेलिकप्टर र खोजी टोली






