जीवनमा सकारात्मक ऊर्जा भर्न शनिदेवको कृपा : शनिबार व्रत
जीवनमा सकारात्मक ऊर्जा भर्न शनिदेवको कृपा : शनिबार व्रत, पूजा र दानले बदलिन सक्छ भाग्य!
Chiranjivi Bhandari
काठमाडौं – आज २०८२ साउन १७ गते, शनिबार। साउन शुक्ल नवमी तिथि। हिन्दू पंचाङ्ग अनुसार शनिको दिन, शनिदेवको विशेष पूजा आराधनाका लागि अति फलदायी मानिन्छ। ज्योतिष शास्त्रमा शनिदेवलाई कर्म, अनुशासन, न्याय र दण्डको देवता मानिन्छ। मान्यताअनुसार शनिदेवको प्रसन्नताले जीवनमा सकारात्मक ऊर्जा, शान्ति र प्रगति आउँछ भने उनको रुष्टता समस्याको कारण बन्न सक्छ। आजको दिन शनिदेवको कृपा प्राप्त गर्न व्रत बस्ने, विशेष पूजा गर्ने, कालो तिल र तेलको दान गर्ने, तथा पिपल र शमीको वृक्षको पूजा गर्ने परम्परा छ। साथै शनिदेवको आराधनामा कालो वस्त्र धारण गर्ने, हनुमानको स्तुति गर्ने, र गरीबलाई






