ऋणको पीडा र फेरि कहिल्यै नफर्किने अठोट
घर छाडेका हायू परिवारको कथाः आत्माको त्रास, ऋणको पीडा र फेरि कहिल्यै नफर्किने अठोट
Chiranjivi Bhandari

सिन्धुली, साउन २१ — “दिउँसो ऋणले सताउँछ, राति आत्माले तर्साउँछ” — यही वाक्यले पछिल्लो समय चर्चामा आएको सिन्धुलीको गोलञ्जोर–६ स्थित हायू परिवारको मनोदशा स्पष्ट पार्छ। साउन ८ गते रातारात घर छाडेर सम्पर्कविहीन बनेको सोह्र सदस्यीय हायू परिवार अहिले पोखराबाट फर्किए पनि पुरानो थातथलोमा फर्कन तयार छैन। परिवारको १३ वर्षीया छोरीमा स्व. बुवाको आत्मा प्रवेश गरेको दाबी गर्दै उनीहरू त्यो घर नफर्किने अडानमा छन्। “घर फर्काउने धेरै प्रयास गरियो, तर उनीहरू भन्छन् — फेरि बस्नुपर्यो भने हामी फेरि गाउँ छाड्छौँ,” — वडा अध्यक्ष रविनकुमार श्रेष्ठ भन्छन्। आत्माको त्रास मात्र होइन, ऋणको