भारत हुँदै खाडी पठाइन लागेका ४० नेपाली महिलाको उद्धार
भारत हुँदै खाडी पठाइन लागेका ४० नेपाली महिलाको उद्धार
Chiranjivi Bhandari

२१ साउन, काठमाडौं — अवैधानिक रूपमा भारतको बाटो हुँदै खाडी मुलुक पठाइन लागेका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार ती महिलाहरूलाई घरेलु कामदारका रूपमा तेस्रो मुलुक (खाडी राष्ट्रहरू) पठाउने योजनामा दलालले प्रयोग गरेका थिए। विभिन्न प्रलोभन र झुठा आश्वासनमा परेका ती महिलाहरूलाई भारतीय सुरक्षाकर्मीहरूको सहयोगमा दिल्ली तथा आसपासका विभिन्न स्थानबाट उद्धार गरिएको हो। महिलाहरूलाई आप्रवासनसम्बन्धी कानुनको उल्लंघन गर्दै भारत हुँदै खाडी मुलुक लैजाने गिरोह सक्रिय रहेको सूचना पाएको नेपाली राजदूतावास र भारतीय सुरक्षा निकायबीचको सहकार्यमा यो उद्धार सम्भव भएको हो। राजदूतावासले बुधबार ती सबै महिलाहरूलाई