देशभर वर्षा सक्रिय
देशभर वर्षा सक्रिय, काठमाडौंमा अविरल झरी, तर मधेश अझै सुक्खा–सिन्धुपाल्चोकमा सबैभन्दा बढी वर्षा
Chiranjivi Bhandari
१२ साउन, काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले नेपालभर वर्षा गराइरहेको छ। पछिल्लो १२ घण्टामा देशका अधिकांश भागमा पानी परेको भए पनि मधेश प्रदेशमा भने अझै पर्याप्त वर्षा नभएको मौसमविद्हरूको भनाइ छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा नै रहेकाले वर्षा भइरहेको हो। तर सुदूरपश्चिम र मधेश प्रदेशमा वर्षाको मात्रा तुलनात्मक रूपमा कम देखिएको छ। मधेश अझै सुक्खा, धान रोपाइँ संकटमा पछिल्लो विवरण अनुसार सप्तरीको रुपनीमा केही मात्रामा वर्षा भए पनि सिरहा, सर्लाही, बारा र रौतहटमा भने हल्का मात्र पानी परेको छ। मौसमविद्हरूको अनुमानमा मधेशमा






