बाकसमा फर्किएका ११८० सपना: वैदेशिक रोजगारमा गएका नेपालीको मृत्यु बढ्दो
“११८० बाकस फर्किए, सरकार मौन!”
Chiranjivi Bhandari
काठमाडौं — गत १ वर्षमा वैदेशिक रोजगारीका लागि गएका १,१८० जना नेपाली युवा-युवतीको मृत्यु भएको समाचारलाई धेरैले “संख्या” भनेर हेरे। तर, ती संख्या होइनन् — ती त सपनाहरू थिए, जो बाकसमा फर्किए। आम नेपालीको जीवन अब सपना होइन, सास्ती बन्न थालेको छ। विदेशिएको नागरिक बाकसमा फर्किँदा, सरकारका नेताहरू भने तारे होटलको क्यान्टिनमा व्यस्त छन्। सपना देखाउने, पीडा बाँड्ने होइन – सरकार मौन किन? देशमा रोजगारी छैन, उद्योग छैन, उत्पादन छैन। सरकारको नीति भने एउटा मात्र देखिन्छ — “वैदेशिक रोजगारीलाई प्रोत्साहन”। गाउँका बुबा-आमा, श्रीमती र साना बच्चाहरूलाई बिदाइ गरेर युवाहरू युएई,






