देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो
Chiranjivi Bhandari
२६ साउन, काठमाडौं – साउन महिनाको अन्तिम सोमबार आज देशभरका शिवालयहरू भक्तजनले भरिएका छन्। बिहान सबेरैदेखि पशुपतिनाथ मन्दिरसहित प्रमुख शिवालयहरूमा पूजापाठ, व्रत, र बोलबम तीर्थालुहरूको लहर निरन्तर देखिएको छ। साउन महिनाको हरेक सोमबार भगवान शिवको विशेष पूजा गर्ने परम्परा अनुसार महिलाहरूले व्रत बस्दै आएका छन्। आजको दिनमा विधिपूर्वक व्रत समापन गर्दै शिवको आराधना, दान, र पूजापाठ गर्ने क्रम चलेको छ। पशुपतिमा बोलबमको भीड काठमाडौंको सुन्दरीजलबाट लिएको पवित्र जल काँधमा बोकेर बोलबम तीर्थालुहरू बिहानैदेखि पशुपतिनाथ मन्दिर प्रवेश गरिरहेका छन्। हरियो र सुन्तला पोशाकमा, काँधमा काँवर बोकेका भक्तजनले “बोलबम”को जयघोष गर्दै पशुपतिको






