परिवार र राष्ट्रभरि आशा जाग्यो”
कञ्चनपुरका विपिन जोशीको खोजीमा आमा र बहिनी इजरायल जाँदै
Chiranjivi Bhandari

काठमाडौं, साउन २६ – इजरायलमा हमासले आक्रमण गरेपछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको खोजीका लागि उनकी आमा पदमा र बहिनी पुष्पा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायलतर्फ उड्ने तयारीमा छन्। हमासले बन्धक बनाएको भनिएका विपिनको लामो समयसम्म कुनै खबर नआएपछि परिवारमा चिन्ता चुलिएको छ। संयुक्त राष्ट्रसंघमार्फत विपिनको रिहाइका लागि पहल गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ। पदमा र पुष्पाले दुबईबाट ट्रान्जिट गरी केही बेरमा इजरायल जाने विमानमा चढ्नेछन्। परिवारका अनुसार, उनीहरूको उद्देश्य छिटोभन्दा छिटो विपिनको पत्ता लगाउनु र सुरक्षित रुपमा फर्काउनु हो। यस बीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विपिनको रिहाइको