१३ वर्षीया किशोरीलाई प्रलोभन
हाकिमका लागि सेक्स पार्टनर खोज्ने महिला कार्यालय सहयोगी पक्राउ
Chiranjivi Bhandari
ओखलढुंगा — जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बालकुमार खनालका लागि यौन पार्टनर खोज्ने आरोपमा समितिकी कार्यालय सहयोगी प्रमिला विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, १३ वर्षीया विद्यालय उमेरकी एक किशोरीलाई विभिन्न प्रलोभन देखाएर खनालसँग यौन सम्पर्क गर्न विश्वकर्माले प्रस्ताव गरेकी थिइन्। गलत मनसायले सुरु भएको कुराकानीलाई पीडित किशोरीले रेकर्ड गरिन् र साथीभाइ तथा शिक्षकलाई सुनाइन्। पीडित पक्षले अन्याय नसहने निर्णय गर्दै प्रहरीमा उजुरी दिएपछि साउन २१ गते विश्वकर्मा पक्राउ परिन्। प्रलोभनका आश्वासन २६ मिनेट २४ सेकेन्ड लामो अडियो रेकर्ड भिजनसँग सुरक्षित छ। अडियोमा विश्वकर्माले ती किशोरीलाई बारम्बार खनालसँग





