Headlines

एमालेको नाराबाजीपछि लुम्बिनी प्रदेशसभा वैठक स्थगित

काठमाण्डौ, १८ असार ।

बुटवल: बजेट असन्तुलित भएको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । अर्थमन्त्री धनबहादुर मास्कीले वैठकमा आर्थिक वर्ष २०८०–०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरे लगत्तै एमाले सांसदहरुले रोष्ट्रम घेराउ गरेका हुन् ।

सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने एमालेको अडान छ । सभामुख तुलाराम घर्तीले भोलि सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरे । यसअघि असार १० गते बस्ने भनिएको वैठक १३ गते आइतबारको लागि आह्वान गरिएको थियो ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *