


काठमाडौं, २९ असोज । गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा ।
अत्यन्तै भावनात्मक र कारुणिक भाव समेटिएको यस गीतमा नेपालका स्थापित संगीतकार बिपिन आचार्यको बहुप्रतिभा देख्न सकिन्छ। आचार्यले नै यस गीतको उत्कृष्ट शब्द रचना गर्नुभएको हो । त्यस्तै गीतमा मन छुने संगीत भर्ने र संगीत संयोजन गर्ने महत्वपूर्ण जिम्मेवारी पनि आचार्यले नै निर्वाह गरेका छन् । गीतमा मुलुकले सामना गर्नु परेको बाढी पहिरोको प्रकोपलाई श्रव्य, दृश्य दुबैमा उतारिएको छ ।
पूजा ठकुरीको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोमा गायिका स्वयं फिचर्ड छिन् । नक्कले प्रेमले छायांकन गरेको भिडियोलाई विनोद बमको स्तरीय सम्पादन र रङ संयोजनले थप आकर्षक र जीवन्त बनाएको छ। पुनम चौधरीको श्रृंगार कौशलताले अस्मितालाई पर्दामा थप आकर्षक र प्राकृतिक देखाइएको छ ।
साङ्ग्रिला क्रिएसनले पोस्ट प्रोडक्सनको काम गरेको यस गीतको स्तरीय अडियो रेकर्डिङ भने स्टुडियो एमबी म्युजिक रेकर्डिङमा सम्पन्न भएको हो। गायिका अस्मिता श्रेष्ठकै आधिकारिक युट्युब च्यानलबाट बजारमा आएको यो नयाँ प्रस्तुतिले नेपाली सङ्गीत बजारमा बलियो छाप छाड्ने अपेक्षा गरिएको छ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution