


काठमाण्डौ,२३ कार्तिक । सिन्धुपाल्चाेककाे मेलम्चीमा सम्पन्न नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा राजनमान श्रेष्ठ र बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समीर) को जोडी प्रथम भएको छ। प्रतियोगिताको फाइनलमा शैलेस खड्का र नेत्र तामाङको जोडीलाई पराजित गर्दै श्रेष्ठ र तामाङको जोडीले पहिलो स्थान हासिल गरेको हो ।
करिब २० वर्षअघि कराते सिकाएर ब्ल्याक बेल्टसम्म पुर्याएका आफ्ना चेला कृष्णकुमार तामाङसँगै खेलमा सहभागी भई नगरस्तरीय प्रतियोगितामा प्रथम हुन सफल भएकोमा प्रशिक्षक राजनमान श्रेष्ठले खुसी व्यक्त गरेका छन् । खेलकुदप्रतिको लगाव र पुरानो गुरु–चेलाको सम्बन्धलाई प्रतियोगिताले थप स्मरणीय बनाएको छ ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution