


मेलम्ची सिन्धुपाल्चोक, २९ असोज । — मेलम्ची नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग तथा वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन समिति मेलम्ची-१०, शिखरपुरको आयोजनामा सञ्चालित दुईदिने ‘तेस्रो वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि एवं बागमती प्रदेशका पूर्व खानेपानी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कृष्ण कुमार तामाङले खेलकुदले युवाहरूलाई अनुशासित बनाउनुका साथै भाइचारा र एकताको सन्देश दिने बताउनुभयो। प्रमुख अतिथी तामाङले सिन्धुपाल्चोक र समग्र बागमती प्रदेशको विकासका लागि पूर्वाधार निर्माणसँगै खेलकुद क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो ।
उहाँले स्थानीय स्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताहरूले कोशेढुङ्गाको काम गर्ने बताउनु भयो । युवा शक्तिलाई रचनात्मक कार्यमा जोड्न प्रदेश सरकार र स्थानीय तहबीच निरन्तर सहकार्य गरिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्रका युवाहरूको प्रतिभा प्रस्फुटनका लागि नगरपालिकाले खेलकुद क्षेत्रमा बजेट तथा कार्यक्रम विस्तार गर्दै लगेको बताउनुभयो। नगरप्रमुख तामाङले स्वास्थ्य र राष्ट्रका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले मेलम्ची नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारका साथसाथै खेलकुदको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो । नगर प्रमुख तामाङ्ले वडा नम्बर १० ले सञ्चालन गरेको यो प्रतियोगिताले नगरको खेलकुद विकासमा सकारात्मक ऊर्जा थपेको बताउँदै खुशी ब्यक्त गर्नुभयो ।

यसैगरी विशेष अतिथि एवं मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले अनुशासित खेल र युवा सहभागिताको प्रशंसा गर्नुभयो। खेल्कुदले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक रूपमा पनि युवाहरूलाई सबल बनाउँने भन्दै स्थानीय स्तरमा महिला तथा पुरुष दुवैतर्फका खेलकुद गतिविधिलाई अझ व्यवस्थित र निरन्तरता दिन नगरपालिकाले आवश्यक रणनीति र बजेटको व्यवस्था गर्ने बताउनुभयो । खेलकुदको माध्यमबाट वडा र नगरको पहिचान उच्च बनाउन सबैको साथ आवश्यक रहेको बताउँदै सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष एवम मेलम्ची १० का वडा अध्यक्ष अमृत खनालले कार्यक्रमलाई सम्बोधन गर्दै प्रतियोगितव भव्य रूपमा सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण अतिथि, खेलाडी, आयोजक टोली, स्थानीय बासिन्दा तथा खेलप्रेमीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले खेल क्षेत्रको प्रवर्द्धनका लागि वडा कार्यालय सधैँ प्रतिबद्ध रहने बताउनुभयो।
समापन समारोहमा स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको बेजोड सांगीतिक एवं सांस्कृतिक प्रस्तुति रहेको थियो। कलाकारहरूको प्रस्तुतिले उपस्थित दर्शक तथा खेलप्रेमीहरूलाई थप मनोरञ्जन प्रदान गरेको थियो।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution