


काठमाण्डौ,९ कार्तिक । गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार । भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद हुँदा भाइ बाबुलालमाथि छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट घाँटीमा चोट लगेको भाइको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले घटनास्थलबाट छुरा बरामद गरेको छ । घटनालगत्तै फरार भएका कुबराजलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution