


काठमाण्डौ,१२ कार्तिक । मेलम्ची नगरपालिकाका नगर प्रमुख तथा नगरस्तरीय विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील समितिका अध्यक्ष आइतमान तामाङको अध्यक्षतामा समितिको बैठक सम्पन्न भएको छ। बैठकमा Regional Integrated Multi-Hazard Early Warning System (RIMES) ले SLMC परियोजनाअन्तर्गत सम्पन्न गरेका गतिविधिबारे प्रस्तुतीकरण गरेको छ।
सोही अवसरमा विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक सामग्री तथा एलईडी स्क्रिनसमेत हस्तान्तरण गरिएको छ। हस्तान्तरण गरिएका सामग्री तथा प्रविधिले नगरपालिकाको विपद् पूर्वतयारी, जोखिमसम्बन्धी सूचना प्रवाह तथा विपद् व्यवस्थापन कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जलवायुजन्य जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको प्रभावकारी उपयोग तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रमले सहयोग पुर्याउने विश्वास गरिएको छ। मेलम्चीमा विपद् व्यवस्थापन बैठक सम्पन्न, RIMES द्वारा सामग्री हस्तान्तरण । नगर प्रमुख तामाङको अध्यक्षतामा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, RIMES द्वारा सामग्री हस्तान्तरण ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution