Headlines

टिपरको ठक्करबाट आमा-छोरीको मृ;त्यु, राजमार्गमा आन्दोलन झडप : पुरा समाचार हेर्नुहोस

काठमाण्डौ, २० असार ।

सुनसरीको इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ ।मंगलबार दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो ।

मंगलबार करिब पोने ४ बजे धरानबाट पूर्वतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले आमा छोरी सवारको १४प५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि मंगलबार दिउँसो केही समय इटहरी तनावग्रस्त बनेको थियो ।टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका थिए । स्थानीयवासीले टिपर तोडफोड गरेका थिए ।

सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले स्थितिलाई नियन्त्रण लिन सामन्य बल प्रयोग गरेको बताए । झडपमा प्रहरीतर्फ ९ जना र केही प्रदर्शनकारी पनि सामान्य घाइते भएको उनले बताए।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *