


काठमाडौं । गीतकार प्रतिमा गुरुङको मेरा आमाबाबा गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द, गीत,कथा, संवाद पनि उनकै रहेको छ। गीतमा उनले रचना गरेको शब्द–शब्दले आमाबाबाको माया, पिडा, भावुकता, विवशता, बाध्यता, निम्न आर्थिक अवस्थाका पिडाहरुलाई झल्काएको देख्न सकिन्छ।
आमा बुवाले आफ्नो सन्तानप्रति गर्ने त्याग र तपस्या र चरम आर्थिक अभावका कारण ऋण तिर्न नसक्दा हुने दुर्ब्यबहार, ऋणको भार थेग्न नसकेका कारण बाध्यात्मक परिस्थितीले नेपाली चेलीहरु विदेशिनुको पिडालाई समेट्दै गीत र अभिनय तयार गरिएको छ।
गीतको भिडियोमा सुरबीर पण्डित, रश्मि भट्ट, रोशनी कार्की, दीलिप केसी, दीपेन्द्र सोनाम, अर्जुन न्यौपाने, किसोर पाण्डे, सरिता सुनार, प्रमिला श्रेष्ठ, सरस्वति रेग्मी, गीता रेग्मी, बाल कलाकार चिराग भण्डारी, सृस्टि सुनारको अभिनय रहेको छ ।
गीतको भिडियोमा निर्देशन निरेन श्रेष्ठ, छायाँकाँ उत्सव दहाल, भिडियो सम्पादन कल्पेश बिश्वकर्माको रहेको छ । गीतको अडियो भिडियो दर्शित म्यूजिक एण्ड मिडिया प्रा.ली.ले बजारमा ल्याएको हो ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution