अर्थशास्त्री द्वय,संगीतकार सुधिर अधिकारी र गीतकार, दधि अधिकारीको ( साउनको महिनामा हातभरी चुरा ) भिडियो सार्वजनिक

काठमाण्डौ, ७ साउन । संगीतकार, अर्थशास्त्री सुधिर अधिकारी र बरिष्ठ गीतकार, अर्थशास्त्री दधि अधिकारीको ( साउनको महिनामा हातभरी चुरा ) भिडियो सार्वजनिक ।

साउनको महिना र यो महिनामा महिला हरुले लगाउने चुराहरुलाई बिम्ब बनाई गायक राज सिग्देल र गायिका सुस्मा ग्रेसको स्वरमा कर्णप्रिय गीत साउनको महिनामा (हातभरी चुरा) को भिडियो सार्वजनिक भएको छ ।

गीतमा लोकप्रिय संगीतकार तथा अर्थशास्त्री सुधिर अधिकारीको संगीत, बरिष्ठ गीतकार अर्थशास्त्री दधि अधिकारीको शब्द, संजय हमालको संगीत संयोजन, चन्द्र चौधरीको मिक्सिङ मास्टरिङ रहेको छ । कर्णप्रिय सार्वजनिक गीतको भिडियोमा कमल सिंह र आभा थापाको मनमोहक अभिनय रहेको छ ।

भिडियोमा निर्देशन प्रहिल कार्की, छायांकन उत्तम हुमागाईं, ड्रोन अपरेटर हरी हुमागाईं, भिडियो सम्पादन राकेश दाहाल, रंगरोगन माधव बेल्बासेको रहेको छ । उक्त गीतको भिडियो सार्वजनिक हुनु अगाडी टिजर सार्वजनिक भएको थियो,।

टिजर सार्वजनिक भएको केहि संयमै उक्त गीतको १००० भन्दा बढी टिकटक भिडियो बनेकोले भिडियो निर्माण टिम गीतको भिडियोले सफलता पाउनेमा ढुक्क छन् । गीतको भिडियोलाई creative hats यूट्यूब च्यानलमा हेर्न सकिन्छ । आउनुहोस हेरौं सार्वजनिक उक्त गीतको भिडियो ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *