Headlines

दुर्गा प्रसाईंलाई धम्क्याउँदै ३० करोड रुपैयाँ मागेको आरोपमा पक्राउ परेका युवाविरुद्ध मुद्दा दर्ता ।

काठमाडौं,२१ साउन । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याउँदै ३० करोड रुपैयाँ मागेको आरोपमा पक्राउ परेका युवाविरुद्ध मुद्दा दर्ता भएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले असार २६ गते महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिबाट पक्राउ गरेका खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङविरुद्ध मुद्दा दर्ता भएको हो। उनलाई दुई वटा कसुरमा मुद्दा दर्ता गरिएको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा अपरहण सम्बन्धीको कसुर उद्योग र लिखत सम्बन्धीको कसुरमा मुद्दा दर्ता गरिएको हो।

प्रसाईंलाई म्यासेज तथा फोन गर्दै उनले ३० करोड रुपैयाँ फिरौती मागेकाले अपहरणको कसुरमा र नागरिकता कीर्ते गरेको पाइएकाले लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो। उनले आफ्नो नागरिकताको अक्षर खुर्केर मेटेको र त्यसपछि आफैंले नागरिकता सच्याएको पाइएको छ। सच्याएको उक्त नागरिकताबाट सीमकार्ड निकालेर फिरौतीका लागि प्रयोग गरिएको खुलेको छ।

उनले नागरिकताको प्रतिलिपिलाई ब्लेडले खुर्केर अर्कै नाम उल्लेख गरी दुई वटा सीमकार्ड लिएको खुलेको छ। उनले समीर खान र रहेमान अलीको नाम उल्लेख गरेर दुई वटा सीम लिएर त्यही सीममार्फत धम्क्याउँदै फिरौती माग गरेका थिए।

गुरुङले आफू प्रवेश लामा भएको बताउँदै प्रसाईंलाई म्यासेज पठाएका थिए। म्यासेजमा उनले उल्लेख गरेका थिए, ‘तपाईंको हत्या गर्नका लागि योजना बनेको छ। यदि सुरक्षित हुन चाहनुहुन्छ भने रकम दिनुपर्ने हुन्छ। डिमान्डको रकम उपलब्ध गर्नुभयो भने तपाईंको जीवन बच्न सक्छ। नत्र अपहरण गरी हत्या हुन्छ।’

उनले मारिनुपर्ने व्यक्तिको दोस्रो नम्बरमा प्रसाईंको नाम रहेको भन्दै सुरुमा ३० करोड रुपैयाँ माग गरेका थिए। उनले फोनमा प्रसाईंलाई ‘३० करोड ठिक पार्नु नत्र कात्रो तयार पार्नु’ भन्दै धम्की समेत दिएका थिए।

३० करोडबाट सुरु भएको बार्गेनिङ २० करोड, १५ करोड हुँदै ६ करोड र अन्तिममा ५ करोडमा सहमति भएको थियो। सोही अनुसार उनले प्रसाईंलाई लोकेसन दिएका दिए महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिको ठाउँ।

यसबारे सबै जानकारी प्रहरीले लिइसकेको थियो। सोही अनुसार सीआईबीको टोली कतार भिसा सेन्टर अगाडि पुगिसकेको थियो। रकम लिन भनेर पठाओ चढेर आएका बेला सीआईबीले उनलाई पक्राउ गरेको थियो। उनी ८ वर्ष साउदी अरबमा बसेर आएको पाइएको छ। रकम अभाव भएपछि प्रसाईंसँग पैसा हुने भन्दै धम्क्याएर रकम उठाउने उद्देश्यले धम्क्याएको बताएको प्रहरीले जनाए।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा पेजमा र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *