दीपक राज गिरीले दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिँदै भन्छन….आफ्नो जीवनको उत्कृष्ट साथी ।

काठमाण्डौ,७ भाद्र । अभिनेता तथा निर्देशक दीपक राज गिरीले दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिँदै उनलाई आफ्नो जीवनको उत्कृष्ट साथी बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले दीपाश्रीको जन्मदिनको अवसरमा भावुक कविता पोस्ट गर्दै सो कुरा बताएका हुन् ।

उक्त कवितामा उनले दीपालाई तीन दशक अघि पहिलो पटक भेट्दाको अनुभव पनि साझा गरेका छन् । सुरुमा दीपा आफूलाई घमन्डी लागेको तर उनलाई बुझ्दै जाँदा निकै फरक पाएको बताएका छन् । यसका साथै, आफूलाई चोट लाग्दा दीपालाई दुख्ने पनि बताएका छन् ।

उनले दीपाश्रीका लागि लेखेको कविता यस प्रकार छ–

यो केटी त कस्ति घमन्डि ! मैं हूँ भन्छे !!

बोल्ने त परै जाओस हेर्दा पनि हेर्दिन !

आज भन्दा क़रीब ३ दशक अघि तिमि संगको पहिलो भेट , मलाइ आज पनि याद छ …

जसरी हामी किताबको कभर हेरेकै भरमा

पूरै बिषय अनुमान गर्छौ … ठिक त्यस्तै

तिमि प्रतिको धारणा पनि तुरून्तै बनाएको थिए मैले !

तर मलाइ थाहा थिएन यो त्यहि केटी हो

जो अरूको पिडालाइ आफ्नो सम्झेर समय बिताउछे!

ज़िन्दगीको खेलमा आफू हार्छे

तर अरूलाइ जीताउछे !!

म प्रतिको तिम्रो योगदानलाइ त

सिर्फ़ एक शब्दमा बुनेको छू ,

चोट मलाइ लाग्दा ,तिम्ले ऐआ भनेको सुनेको छू !

कमजोरी पनि भनिदिन्छू ….

यॉहा हरेकको हातमा क्यालकुलेटर छ

कॉहा फाइदा , कॉहा बेफाइदा ,

कॉहा ज़ोर छ ,कॉहा बिजोर छ

दिमागै दिमागको शहरमा तिमि ,मनको कुरा गर्छो ,

त्यसैले तिम्रो हिसाब कमजोर छ ….

मेरो ज़िन्दगीको उत्कृष्ट साथिलाइ जन्मदिनको लाखौ करोडौ र अरबौ शुभकामना…… ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *