Headlines

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पछाडिबाट खुकुरी प्रहार, प्रहार गर्ने ब्यक्ती प;क्राउ

काठमाण्डौ २१ भाद्र । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने आक्रमणकारी श्याम बहादुर सापकोटाले रिसको झोकमा आक्रमण गरेको बताएका छन् । प्रहरीले पक्राउ गरेर सिंहदरबार बृत्तमा लगेपछि गरिएको सोधपुछका क्रममा उनले रिसको झोकमा आक्रमण गरेको प्रहरीलाई बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बुधबार रिपोटर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा नुवाकोटको बिदुर नगरपालिका ७ घर भएका श्याम बहादुर सापकोटाले यादवको टाउकोमा पछाडिबाट खुकुरी आक्रमण गरेका हुन् ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा सांघातिक हमला कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा सांघातिक हमला । आक्रमणअघि क्लबमा भएको कार्यक्रममा सापकोटाले कांग्रेस नेता यादवको भाषण सुनेर बसेका थिए । कार्यक्रममा उनी भादगाउँले टोपी, टिसर्ट, हाफ ज्याकेट र झोला बोकेको देखिएका छन् ।

उनले यादवको भाषण धैर्यतापूर्वक सुनेका थिए तर बाहिर निस्किएपछि उनले झोलाबाट खुकुरी झिकेर आक्रमण गरेका थिए । घाइते यादवको टाउकोमा सामान्य चोट लागेको छ । खतरामुक्त अवस्थामा रहेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

आक्रमणपछि उनले एमसीसी खारेज गर, हिन्दू राष्ट्र कायम गर, राजसंस्था जिन्दावाद जस्ता नारा लगाएका थिए । नेपाली जनता ठूलो ऋणमा डुबेको भन्दै नेताहरुप्रति आक्रोश पोखेका थिए ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *