Headlines

महेन्द्र यादवमाथि सांघातिक आक्रमण हुनुमा गृह मन्त्रालयको योजना रहेको तरुण दलले आशंका,।

काठमाण्डौ २२ भाद्र् ।। नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण हुनुमा गृह मन्त्रालयको योजना रहेको तरुण दलले आशंका गरेको छ । आक्रमणविरुद्ध शुक्रबार दलले गरेको विरोध प्रदर्शनका क्रममा यस्तो शंका गरिएको हो ।

पूर्वमन्त्रीसमेत रहेका यादवमा दिनदहाडै भएको खुकुरी आक्रमणविरुद्ध तरुण दल आन्दोलित भएको छ । दलका नेता कार्यकर्ताले आज रत्नपार्कबाट विरोध र्‍याली निकालेको छ । र्‍यालीपछि आयोजित विरोध सभामा बोल्ने अधिकांश नेताले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

दुई दिनअघि रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि कथित अभियान्ता श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए । यादवमाथिको आक्रमणमा कांग्रेस पार्टीले पनि विरोध जनाइरहेको छ ।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणविरुद्ध आयोजित प्रदर्शनपछि सम्वोधन गर्दै गुरुङ आफ्नै पार्टीसमेत सहभागी माओवादी नेतृत्वको सरकारमाथि खनिएका थिए ।
कांग्रेसको काँधमा बन्दुक राखेर माओवादीले अर्कै व्यवस्था ल्याउन खोजेको आशंका गर्दै गुरुङले यो सरकारलाई अब बोकेर हिँड्न नसक्ने बताए ।

विरोध सभामा बोल्दै नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्री श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् । गृहमन्त्री नहटाउने भए आफैं हट्न उनले चेतावनी दिए ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *