Headlines

मेलम्ची नगरपालिकाद्वारा बाढी प्रभावित पालिका हेलम्बु र पाँचपोखरी थाङपाललाई रु १०/१० लाखको सहयोग चेक हस्तान्तरण

काठमाण्डौ, २६ भाद्र । मेलम्ची नगरपालिकाले बाढी प्रभावित छिमेकी पालिका हेलम्बु र पाँचपोखरी थाङपाललाई रु १०/१० लाखका दरले सहयोग रकमको चेक हस्तान्तरण गरेको छ ।

नगरप्रमुख आइतमान तामाङले भाद्र १९ गते कार्यपालिकाबाट घोषित सहयोग आज (मंगलबार) पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामालाई चेक हस्तान्तरण गर्नुभएको हो । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भने व्यस्तता कारण अनुपस्थित रहेता पनि छिट्टै हस्तान्तरण गर्ने नगरप्रमुख तामाङले बताउनुभयो।

उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्षहरु चन्द्रबहादुर तामाङ, अमृत खनाल, राजु रायमाझी, गणेश बहादुर तामाङ र लेखा अधिकृत मुरारी पुडासैनी लगायतको उपस्थितिमा नगरपालिकाले बाढी पहिरोबाट क्षति भोगेका छिमेकी पालिकालाई राहत स्वरूप उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *