• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१८ जेष्ठ २०८३, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

३ हफ्ता अघि
२

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
३

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ महिना अघि
४

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ महिना अघि
५

hii

१ महिना अघि
६

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

१ महिना अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

२ महिना अघि
८

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

२ महिना अघि
९

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

२ महिना अघि
१०

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

२ महिना अघि
११

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

२ महिना अघि
१२

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

३ महिना अघि

धेरै पढिएका

  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    ३ हफ्ता अघि
  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ महिना अघि
  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ महिना अघि
  • ५

    hii

    १ महिना अघि
  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    १ महिना अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    २ महिना अघि
  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    २ महिना अघि
  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    २ महिना अघि
  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    २ महिना अघि
  • ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै ।

    CB Nepal२ साल अघि

    काठमाण्डौ, २९ भाद्र । आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

    विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।

    सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ ।

    संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यले संविधानले प्रत्याभूत गरेको बालबालिकाको हक र अधिकार कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

    “मन्त्रालयले परिषद् तथा विभिन्न बालअधिकारका क्षेत्रमा कार्य गर्ने सङ्घसंस्थाको समन्वय र सहकार्यमा सडक बालबालिका, हराएका, बेवारिस फेला परेका, कानुनविपरीत श्रममा संलग्न रहेका तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गर्दै आएको छ”, उनले भने । बालबालिकाको अधिकार संरक्षणका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सबै सरोकारावाला निकायको एकीकृत र समन्वयात्मक भूमिका आवश्यकता रहने उनको भनाइ छ ।

    बालबालिकाको हक, अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको परिषद्ले बालबालिकासम्बन्धी नीतिगत तथा कानुनी पैरवी, सडक बालबालिकामुक्त राष्ट्र घोषणा, बालविवाह तथा बालश्रम अन्त्य, अनाथ तथा अपाङ्गता भएका बालबालिका संरक्षण, उपचार, यौनहिंसा तथा यौन दुव्र्यवहारमा परेका बालबालिकाको उद्धार र संरक्षण, ओसारपसारमा परेका बालबालिकाको उद्धार र संरक्षण तथा कानुनी उपचार, वैकल्पिक सेवाको प्रवर्द्धन, बालगृह अनुमति र अनुगमन गरी नियमन गर्दै आएको छ ।

    परिषद्का उपाध्यक्ष बम बानियाँले राष्ट्रिय बाल दिवसलाई सार्थक बनाउन तीनै तहका सरकारका साथै बालअधिकारका क्षेत्रमा कार्यरत सबै विकासका साझेदार, सङ्घसंस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक सङ्गठनले बालबालिकाको क्षेत्रमा लगानी वृद्धि गर्न, बालअधिकारको संरक्षण तथा प्रवर्द्धनमा थप क्रियाशीलता रहन आवश्यक पर्ने बताउनुभयो । समय र प्रविधिसँगै जलवायु परिर्वतनले बालबालिकामा ल्याएको असर, अनलाइनबाट बालबालिकामा पारेको प्रभावका बारेमा थप काम गर्न जरुरी रहेको उनको भनाइ छ ।

    त्यस्तै परिषद्का सदस्यसचिव इन्द्रादेवी ढकालले बालबालिकाको हकहित, अधिकार संरक्षण तथा सवर्द्धनका लागि विशेषगरी स्थानीय तहले बालबालिकामा लगानी अभिवृद्धि गर्नुपर्ने बताए। बालबालिकामा लगानी गरी विशेष संरक्षणको आवश्यकता भएकालाई सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारमा सहयोग गरी संरक्षण र व्यवस्थापन गर्न अतिआवश्यक रहेको उनको भनाइ छ ।

    बालअधिकारसम्बन्धी विभिन्न व्यवस्था भए पनि सबै बालबालिका गुणस्तरीय शिक्षा प्राप्त गर्न नसक्नु, बालमैत्री वातावरणको अभावमा विकास र संरक्षण हुन नसक्नु, बालश्रमको अवस्था र सडक बालबालिकाको अवस्था विद्यमान रहनु, असहाय र अनाथ बालबालिकाको संरक्षण तथा उचित व्यवस्थापन हुन नसक्नु, हिंसा, यौन दुव्यर्वहार, बलात्कारका अवस्था विद्यमान रहनुलगायतका समस्या भने अझै यस क्षेत्रमा रहेको देखिन्छ ।

    समयसापेक्ष विकास भएको प्रविधि, सहरीकरण, विश्वव्यापी मूल्य–मान्यता र बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै बालअधिकारको संरक्षण तथा प्रवर्द्धन प्रभावकारीरूपमा गर्नु पनि चुनौतीका रूपमा देखिन्छ । चुनौतीका साथसाथै अवसर नभएको भने होइन । सङ्घीय संरचनाअनुसार बालबालिकासम्बन्धी कानुन, नीति, योजना, कार्यक्रम तथा संस्थागत संयन्त्र स्थानीय तहदेखि सङ्घसम्म सञ्चालन हुँदै जानु, बालबालिकाको संरक्षणसम्बन्धी विषय तीन तहको सरकारको अधिकार क्षेत्रभित्र पर्नु, सरकार, सङ्घसस्था र नागरिक समाजबीच समन्वय, सहयोग र सहकार्यमा भएको अभिवृद्धिले यस क्षेत्रका समस्या समाधान गरी बालबालिकाका हक, अधिकार संरक्षण गर्न टेवा पुग्दछ ।

    दिगो विकास लक्ष्यमा बालबालिकाको गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, बालबालिका तथा किशोर–किशोरीविरुद्ध हुने सबै प्रकारका विभेद, शोषण, दुव्र्यवहार र हिंसाको अन्त्य गरी सशक्त गर्नेजस्ता परिमाणात्मक लक्ष्य समावेश गरिएको र सोहीअनुरुप उक्त विषयलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
  • नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    ३ हफ्ता अघि

  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ महिना अघि

  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ महिना अघि

  • ५

    hii
    १ महिना अघि

  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    १ महिना अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    २ महिना अघि

  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    २ महिना अघि

  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    २ महिना अघि

  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    २ महिना अघि

  • अन्य सबै
    ४ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ५ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ६ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution