Headlines

आज ऋषि पञ्चमी पर्व नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदै ।

काठमान्डौ, २ आश्विन । आज ऋषि पञ्चमी पर्व नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा ऋषि पञ्चमी पर्व मनाइन्छ ।

आज बिहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएर पञ्चमी तिथि सुरु हुने भएकाले ऋषी पञ्चमीका व्रतालुले सप्तऋषिको पूजा गर्नुपर्ने धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए ।

यो पर्वमा महिलाहरुले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । स्नानपछि अरुन्धती, अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिन्छ ।

ऋषि पञ्चमीको दिन सप्त ऋषिको पूजा आराधना गर्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यही विश्वासका साथ काठमाडौंको गौरीघाटमा स्नान र पूजा गर्नेहरु भेला भएका छन् ।

यस अवसरमा आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा गर्ने श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । कतिपय महिलाहरुले घरमै पनि सप्तऋषिको पूजा गर्दछन् ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *