


दैलेख : दैलेखको महाबु गाँउपालिकामा वडा नम्बर ३ मा रहेको मालिका डाडामा लागेको तीजको मेला हेरेर फर्कने क्रममा एक्ले सल्लो डाडामा पानी परेकाले ओत लागेको अवस्थामा चट्याङ परेर मृत्यु तथा घाइते हुनेहरुको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा मदन भण्डारी फाउन्डेसन दैलेखका अध्यक्ष चन्द्र प्रसाद दाहालका १६ वर्षिय छोरा विशोर दाहाल रहेका छन । भने घाइते हुनेहरुमा स्थानीय वर्ष ५२ का लाल बहादुर विष्ट,२९ वर्षिय नगेन्द्र विष्ट,१२ वर्षिय आशिष विष्ट,१३ वर्षिय संदिप बुढा,१७ वर्षिय भरत नेपाली,१६ वर्षिय हर्क नेपाली ,९ वर्षिय रक्षा विष्ट,१३ वर्षिय अभिषेक नेपाली र १० वर्षिय मनिषा विष्ट रहेका छन ।
घाइते मध्य लालबहादुर विष्टलाई सुर्खेत रिफर गरिएको छ भने बाकीको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।
महाबुमा भदौ २९ गते वडा नम्बर १ खरिगैरामा चट्याङ पर्दा १ जनाको निधन, ९ जना प्रदेश अस्पताल सुर्खेतमा रिफर, ३ जना दैलेख अस्पतालमा उपचाररत थिए भने ८ जना सामान्य उपचारपछि घर फर्किएका थिए ।
यस्तै भदौ ३१ गते दिउसो करिब ३ बजेतिर महाबु गाउपालिका वडा नं,६ टाकुरी अमृत दर्लामीको भेडि गोठमा चट्याङ पर्दा निज गोठाला घाइते भएको र ८ ओटा भेडा मरेका थिए ।
बिहान मौसम सफा भएपनि मध्य समयतिर पानी पर्ने गड्कने गरिरहेको समयले महाबुमा लगातार तीन दिन चट्याङ परिरहेको हो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution