Headlines

‘परदेशी–२’को गीत सार्वजनिक, परदेशीको कथा बोल्ने ।

काठमाडौँ, आश्विन । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत ‘हिजो काम’ सार्वजनिक गरिएको छ । बडादसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतले परदेशीकै कथा बोलेको छ ।

सतिश चापागाईँको शब्द, प्रशान्त तामाङको स्वर रहेको गीतमा बि।बि अनुरागीको सङ्गीत छ । गीतको श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी–२’मा प्रकाश र दिलीपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय छ ।

चलचित्रले उच्च शिक्षाका लागि बिदेसिने विद्यार्थीहरूको कथा पेस गर्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत चलचित्रमा समेटिएको छ । मानकृष्ण महर्जनको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *