Headlines

डडेल्धुुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गर्यो ।

काठमाण्डौ, ४ भाद्र । धनगढी : डडेल्धुुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् । उनीहरुसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

२० वर्षीया एक युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डडेल्धुरा प्रहरीकाअनुसार पक्राउ परेकाहरुमाथि गत वैशाख ५ गते नानिगाड खोलामा र गत वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवातीलाई बलात्कार गरेकोे किटानी जाहेरी परेको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *