Headlines

दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘मायावी’को छायाङ्कन सुरु ।

काठमाडौँ, ८ आश्विन । दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘मायावी’को छायाङ्कन सुरु भएको छ । आइतबारबाट मुस्ताङको निलगिरी हिमाल क्षेत्रबाट फिल्मको छायाङ्कन सुरु भएको हो । नेपाल र भारतका विभिन्न क्षेत्र गरेर ३५ दिनको छायाङ्कन सेडुल सहित फिल्मको छायाङ्कन सुरु गरिएको निर्देशक भट्टराईले जनकारी दिए ।

निलगिरी आसपासमा अभिनेता पल शाह, अभिनेत्री दीपिका दीपिका प्रसाईं र नव अभिनेता समिम खान फिचर्ड गीतको सुटिङ गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको निर्देशक भट्टराईले बताए । फिल्ममा पल, दीपिकाको अलवा सुशील सिटौला, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतको अभिनय रहनेछ ।

एक वर्ष लामो हिरासत बसाइपछि रिहा भएका अभिनेता पल यसै फिल्म मार्फत केही वर्षपछि फिल्ममा फर्कन लागेका हुन् । निलगिरीपछि पोखरा र त्यसपछि भारतमा फिल्मको छायाङ्कन हुनेछ । फिल्ममा चन्द्र पन्त र राज कटुवाल निर्माताको रूपमा छन् ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *