• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१८ भाद्र २०८३, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

६ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

६ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ हफ्ता अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ६ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ६ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ हफ्ता अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ, प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने देवमणि भट्टराईले जानकारी दिए

    CB Nepal२ साल अघि

    काठमाडौं,१३ असोज । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

    आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

    यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको प्राडा रामचन्द्र गौतम बताउँछन् । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए ।

    जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्न नहुने गौतमले बताए । कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने जानकारहरूको भनाइ छ ।

    यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कात्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

    आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए ।

    त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

    सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

    पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोेह्रश्राद्ध र बडादसैँ पर्व पछि सरेको छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ६ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ६ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ हफ्ता अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution