• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१ श्रावण २०८३, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

५ दिन अघि
२

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ हफ्ता अघि
३

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ हफ्ता अघि
४

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ हफ्ता अघि
५

नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

२ हफ्ता अघि
६

सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

४ हफ्ता अघि
७

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

२ महिना अघि
८

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२ महिना अघि
९

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

३ महिना अघि
१०

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

३ महिना अघि
११

hii

३ महिना अघि
१२

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

३ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    ५ दिन अघि
  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ हफ्ता अघि
  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

    १ हफ्ता अघि
  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

    १ हफ्ता अघि
  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

    २ हफ्ता अघि
  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

    ४ हफ्ता अघि
  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    २ महिना अघि
  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    २ महिना अघि
  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    ३ महिना अघि
  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    ३ महिना अघि
  • चाड पर्वको मुखमा मूल्यवृद्धि भयो भन्दै उपभोक्ता आक्रोशित, निगमको निर्णयप्रति उपभोक्ताको चर्को विरोध ।

    CB Nepal२ साल अघि

    काठमाडौँ,१४ असोज । हिन्दु नेपालीहरूको महान् चाड दसैँको मुखमा मूल्यवृद्धिलाई प्रशय दिने काम गरेको भन्दै सरकारले अर्को विरोध भएको छ । प्रभावकारी बजार अनुगमन नभएर कालोबजारी बढेको टिका टिप्पणी भइरहँदा नेपाल आयल निगमले सर्वसाधारणलाई थप भार पर्ने गरी फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै उपभोक्ता आक्रोशित बनेका हुन् ।

    निगमले स्वचालित मूल्य प्रणालीको नाममा एक पछि अर्को गर्दै मूल्यवृद्धिको निर्णय गर्दै आएको छ । सरकारले महँगीको मारमा परेका जनतालाई सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउनुपर्नेमा त्यस विपरीत झन् मूल्यवृद्धिलाई नै प्रशय दिने र उपभोक्ताको ढाड सेक्ने काम गरेको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले विरोध जनाएका छन् ।

    राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफूले विगत ४० वर्षदेखि उपभोक्ता अधिकारकै क्षेत्रमा निरन्तर काम गरेको उल्लेख गर्दै पछिल्लो समयमा बढेको महँगी सबैभन्दा बढी भएको तर्क गरे । ‘व्यवसायीहरूलाई हामीले अनुचित व्यापारिक क्रियाकलाप गरे, कालोबजारी गरे, मुनाफा धेरै खाए भनेर हामीले भन्दै आएका थियौँ’, उनले रातोपाटीसँग भने, ‘तर, विगत केही समयदेखि नेपाल आयल निगमले कालोबजारी त गरेकै छ, विभिन्न नाकाहरूबाट अनुचित तरीकाले तस्करीबाट आएको पेट्रोलियम पदार्थ समेत विक्री वितरण गर्दै आएको छ । तर त्यसलाई कारबाही गरेको छैन ।’

    त्यसमा लेनदेनको सवाल भएको दाबी गर्दै महर्जनले ग्यासमा बढाइएको मूल्यवृद्धि पनि व्यवहारिक नभएको बताए । ‘हामीले धेरै पटक भनेका छौँ, आपूर्ति मन्त्रालयले पनि के भनेको थियो भने ग्यासमा स्वचालित मूल्य प्रणाली लागू हुँदैन । गर्दैनौँ भनेर नेपाल आयल निगमले भन्दै आएको पनि थियो । तर, केही समय अगाडिबाट ग्यासलाई समेत अटो प्राइसिङ सिस्टममा राख्ने नाममा अत्यधिक मूल्य बढाउने काम भएको छ’, उनले भने ।

    राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले यसलाई सरकारले तत्काल सम्बोधन गर्न सकेन भने कुनै पनि बेला दुर्घटना हुन सक्ने चेतावनी दिए । आम उपभोक्ताहरू राजनीतिक दलमा विभक्त हुँदा यस्तो मनपरीमा चुप बस्ने प्रवृत्ति रहेको उनले आरोप लगाए ।
    जसका कारणले नेपाली जनताको भान्सा अत्यधिक महँगिएको उनको भनाइ छ ‘एकातिर त्यसैपनि नेपाली जनताको भान्सा असाध्यै महँगो भइरहेको थियो’, उनको भनाइ छ, ‘यसमा सरकारको कमजोरी र व्यापारीको मनोमानीकाबीच अहिले आएर निगमले समेत आगोमा घ्यू हाल्ने काम गरेको छ । यसले गर्दा आम उपभोक्ता अत्यन्त आक्रोशित छन् ।’

    महर्जनले यसलाई सरकारले तत्काल सम्बोधन गर्न सकेन भने कुनै पनि बेला दुर्घटना हुन सक्ने चेतावनी दिए । आम उपभोक्ताहरू राजनीतिक दलमा विभक्त हुँदा यस्तो मनपरीमा चुप बस्ने प्रवृत्ति रहेको उनले आरोप लगाए ।

    साथसाथै स्वचालित मूल्य प्रणाली भनेर सरकारले नेपाल आयल निगमलाई छाडा छोडिदिन नहुने उनले बताए । सरकारले नेपाल आयल निगममार्फत मूल्य स्थिरीकरण र पूर्वाधार कोष खडा गरेकोप्रति उनले भने, ‘यो केका लागि ? पूर्वाधार कोष भनेको एक लिटरमा ५ रुपैयाँ नेपाली जनताबाट लिने काम भएको छ । मूल्यस्थिरीकरण कोषका लागि पनि ४ रुपैयाँ लिइरहेको छ । स्थिरीकरण कोष त मूल्यलाई स्थिर बनाउनका लागि खडा भएको हो । तर यो कोषलाई नेपाल आयल निगमले आफ्नो तजबिजमा खर्च गरेर मनपरी गरेको देखिएको छ ।’

    सामाजिक सञ्जालमा सरकारले मूल्यवृद्धि नियन्त्रण गर्नुको साटो दसैँको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढाएको भनेर तीव्र आलोचना भएको छ । यस्तै केही राजनीतिक दल र विद्यार्थी सङ्गठनले सार्वजनिक रूपमा विरोध जनाउँदै आए पनि सरकारले सुनुवाइ गरेको देखिँदैन ।

    नेपाल आयल निगमले भने ‘पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८०’ बमोजिम इन्डियन आयल निगमबाट आएको नयाँ मूल्यअनुसार मूल्य अभिवृद्धि कर जोडेर मूल्य समायोजन गरेको बताएको छ। निगमले मूल्यवृद्धिबारे जानकारी दिन शनिबार जारी गरेको विज्ञप्तिमा अझै सरकारलाई ऋण तिरिरहेको उल्लेख छ । निगम पछिल्लो समय नाफामा रहेपनि पुरानो ऋणको तिरिरहेको निगमको भनाइ छ । निगमले एकपछि अर्को गर्दै मूल्य बढाइरहँदा सरकारले उपभोक्तालाई राहत हुनेगरी कार्यक्रम ल्याउन नसकेको सरोकारवालाको जोड छ ।

    लगातार पाँचौँ पटक मूल्यवृद्धि निगमले साउन १६ यता लगातार पाँचौँ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिसकेको छ । निगमले स्वचालित: प्रणालीअनुसार मूल्य समायोजन गरेको बताउँदै हरेक १५-१५ दिनको अन्तरालमा मूल्यवृद्धि गर्दै आएको हो ।

    निगमले पूर्णरुपमा स्वचालित मूल्य प्रणाली अपनाएको भन्दै गत असार ३१ गते पेट्रोलिम पदार्थको मूल्य घटाएको जनाएको थियो । त्यतिबेला पेट्रोलको रु ६ र डिजेल तथा मट्टितेलको रु ४ रुपैयाँ घटाउँदै काठमाडौँमा क्रमशः प्रतिलिटर १६१ रुपैयाँ ५० पैसा र १४३ रुपैयाँ ५० पैसा कायम गरेको थियो । यस्तै एलपी ग्यासको मूल्य पनि १० रुपैयाँ घटाएर १७९० रुपैयाँ कायम गरेको थियो ।

    तर, निगमले साउन १६ गते स्वचालित मूल्य प्रणालीको नाममा मूल्यवृद्धि गरेको थियो । जसअनुसार पेट्रोलको ९ र डिजेल तथा मट्टितेलको ७ रुपैयाँ बढेर काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १५० रुपैयाँ ५० पैसा पुग्यो । सो क्रममा निगमले खाना पकाउने ग्यासको मूल्य भने १३० रुपैयाँ घटाएर १ हजार ६६० रुपैयाँ कायम गरेको थियो ।

    मूल्यवृद्धिकै शृङ्खलाअनुसार साउन ३० गते निगमले पेट्रोलमा ५ रुपैयाँ मूल्यवृद्धि गर्दा डिजेल र मट्टितेलको मूल्य एकै पटक १४ रुपैयाँ बढायो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेल तथा मट्टितेलको मूल्य १६७ रुपैयाँ कायम हुन पुग्यो । त्यसपछि भदौ १४ मा फेरि डिजेल र पेट्रोल तथा मट्टितेलको मूल्य क्रमशः ४ र ३ रुपैयाँ बढाउँदै काठमाडौँमा १८२ र १७० कायम भयो । सोही मितिमा निगमले एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर एकै पटक २३५ रुपैयाँ बढाएर १८९५ रुपैयाँ पुर्याएको थियो ।

    यस्तै चौथो पटक निगमले फेरि भदौ २९ मा पेट्रोलको मूल्य १ रुपैयाँ र डिजेल तथा मट्टितेलको ३ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गर्यो । बढेको मूल्यअनुसार काठमाडौँका क्रमशः १८३ र १७३ रुपैयाँ प्रतिलिटर कायम भएर पेट्रोलियम पदार्थको कारोबार भएकोमा शनिबार निगमले थप मूल्य बढाएको हो ।

    निगमका कर्मचारीलाई दिइँदै आएको अनेकन शीर्षकका भत्ता निरन्तर भइरहने तथा मनपरी खर्च पनि नरोकिने प्रवृत्तिले उपभोक्ता भने निरन्तर मारमा परिरहेको टिप्पणी हुने गरेको छ ।
    लगातार पाँचौँ पटक मूल्यवृद्धि गर्दा निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएर काठमाडौँमा १८५ रुपैयाँ पुर्याएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ६ रुपैयाँ बढाएर १७९ रुपैयाँ पुगेको छ। यस्तै ग्यासको मूल्य एकै पटक २१५ रुपैयाँ बढाएर २११० पुर्याएको छ ।

    निगमले मूल्य निर्धारण गर्दा पहिलो वर्ग, दोस्रो वर्ग र तेस्रो वर्ग भनेर मूल्य विभाजन गर्दै आएको छ । जसअनुसार तेस्रो वर्गमा पर्ने काठमाडौँ, पोखरा र दीपायलमा सबैभन्दा बढी मूल्य पर्ने गरेको छ । निगमको वर्ग विभाजनअनुसार पहिलो वर्गमा चारआली, विराटनगर, अपलेखगन्ज, नेपालगन्ज, धनगढी र वीरगन्ज पर्छ भने दोस्रोमा सुर्खेत र दाङलाई राखिएको छ ।

    निगमका कर्मचारीलाई दिइँदै आएको अनेकन शीर्षकका भत्ता निरन्तर भइरहने तथा मनपरी खर्च पनि नरोकिने प्रवृत्तिले उपभोक्ता भने निरन्तर मारमा परिरहेको टिप्पणी हुने गरेको छ ।
    बरु निगमले निरन्तर मूल्य वृद्धि गरिरहे पनि सरकारद्वारा उपलब्ध गराइएको ऋण, मूल्य स्थिरीकरण कोष तथा अन्य दायित्वहरूको व्यवस्थापन गर्ने चुनौती कायमै रहेको बताउने गरेको छ ।

    साढे २ महिनाको तथ्याङ्क हेर्दा नै पेट्रोलको मूल्य प्रतिलिटर २३ रुपैयाँ ५० पैसा बढिसकेको छ भने डिजेल तथा मट्टितेलको मूल्य पनि ३५ रुपैयाँ ५० पैसा बढिसकेको छ । यस्तै यो बीचमा यस्तै ग्यासको भाउ पनि ३२० रुपैयाँ बढेको देखिन्छ । समाचार रतोपाटि बाट ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
  • एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
  • गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
  • सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    ५ दिन अघि

  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ हफ्ता अघि

  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
    १ हफ्ता अघि

  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
    १ हफ्ता अघि

  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न
    २ हफ्ता अघि

  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
    ४ हफ्ता अघि

  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    २ महिना अघि

  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    २ महिना अघि

  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    ३ महिना अघि

  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    ३ महिना अघि

  • अन्य सबै
    ६ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ७ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ७ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution