Headlines

गीतकार चिन्तामणि सिवाकोटीको गीत ‘सुगा नाच्ने पिंजडामा’ चर्चामा, पुष्प र गरिमाको रोमान्स : भिडियो हेर्नुहोस ।

काठमाडौं, १५ असोज । चिन्तामणि सिवाकोटीको शब्दमा ‘सुगा नाच्ने पिंजडामा’ बोलको गीत सार्वजनिक भएको छ । मायाप्रेमको भाव समेटिएको गीतमा प्रताप दास र एलिना चौहानको स्वर छ । गीतमा अर्जुन पोखरेलको संगीत र विषम आचार्यको एरेन्ज छ ।

प्रेमिल कथामा बनाइएको भिडियोमा पुष्प खड्का र गरिमा शर्मा फिचर्ड छन् । भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । मुकेश हुमागाईंले खिचेको भिडियोलाई विनोद बमले सम्पादन तथा रंग संयोजन गरेका छन् । कोरियोग्राफी राहुल बराइलीले गरेका छन् । सिवाकोटी नेपाल राष्ट्रबैंकको सञ्चालक समिति सदस्य हुन् ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *