• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
४ श्रावण २०८३, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ हफ्ता अघि
२

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ हफ्ता अघि
३

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

२ हफ्ता अघि
४

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

२ हफ्ता अघि
५

नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

२ हफ्ता अघि
६

सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

१ महिना अघि
७

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

२ महिना अघि
८

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२ महिना अघि
९

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

३ महिना अघि
१०

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

३ महिना अघि
११

hii

३ महिना अघि
१२

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

३ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ हफ्ता अघि
  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ हफ्ता अघि
  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

    २ हफ्ता अघि
  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

    २ हफ्ता अघि
  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

    २ हफ्ता अघि
  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि
  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    २ महिना अघि
  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    २ महिना अघि
  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    ३ महिना अघि
  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    ३ महिना अघि
  • मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै, सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा

    CB Nepal२ साल अघि

    काठमाण्डौ, १६ असोज । नेपालगन्ज : केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।

    मानव बेचबिखनविरुद्ध नेपालगन्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाले भने, “कुनै समय गाउँ–गाउँमा गएर अशिक्षित महिला अथवा किशोरीलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटना निकै सुनिन्थे । अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ । ” उनका अनुसार मानव बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । अहिले नयाँ प्रविधि र सामाजिक सञ्जालको प्रयोगले सहरकै शिक्षित महिला पनि जोखिममा छन्

    मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग तीव्ररुपमा बढिरहेको छ । विशेषगरी किशोरावस्थाका युवती टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन् । पछिल्लो समय धेरै प्रयोगमा आएको सामाजिक सञ्जाल टिकटकबाट सम्बन्ध विस्तार गरी महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन् ।

    टिकटकको माध्यमबाट चिनजान र कुराकानी भई घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालले बताए । माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका किशोरीलाई उद्धारसमेत गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो ।

    सामाजिक सञ्जाल टिकटकको माध्यमबाट चिनजान भई भारत जान लागेका छ जनालाई माइती नेपालका कर्मचारीले जमुनाहनाकामा रोकेर परिवारलाई बुझाए ।

    पछिल्लो छ महिनामा टिकटकको माध्यमबाट चिनजान भएकै आधारमा घर छाडेका १२ युवती बेचबिखनको जोखिममा परेको जनाउँदै परिवारले खोजतलासका लागि माइती नेपालको नेपालगन्जस्थित कार्यालयमा निवेदन दिएका छन् ।

    “सामाजिक सञ्जालमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिम देखा पर्न थालेका छन् । अझ अहिले बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ”, बेचबिखनमा आएको परिवर्तित शैलीबारे संयोजक कोइरालाले भने, “सामाजिक सञ्जालको दायरा फैलिएको छ । फेसबुक, ह्वाट्स एपपछि अहिले मानव बेचबिखनमा टिकटकको प्रयोग तीव्ररूपमा बढिरहेको छ । यसले अशिक्षित र गाउँका महिलामात्रै होइन, शिक्षित र सहरिया महिला पनि जोखिममा छन् ।”

    राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको पाइएको उहाँको भनाइ छ । दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिलामात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् । ग्रामीण क्षेत्रका अधिकांश महिलाले फेसबुकभन्दा इमो बढी चलाउने गरेका छन् ।

    “फेसबुक र म्यासेन्जरभन्दा इमोमार्फत कुराकानी गर्न सहज हुन्छ, जोखिममा रहेर उद्धार गरिएका धैरै महिलाले इमोमार्फत सम्पर्क भएको बताउने गरेका छन्”, उनले भने, “दलालले इमोमार्फत महिलालाई ललाइफकाइ गर्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ ।”

    मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमोलगायतका कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ । यसले मानव बेचबिखन तथा ओसारपसारलाई अझै बढी सहज बनाउँदै भनेको समय र स्थानमा बोलाएर भेट्न सजिलो भएको छ ।

    छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । संयोजक कोइराला अहिले मोबाइल फोन, फेसबुक मानव बेचबिखन तथा ओसारपसारको गतिलो माध्यमका रूपमा प्रयोग भएको बताए ।

    मानव बेचबिखन तथा ओसारपसारमा प्रयोग भएको नयाँ शैलीले रोकथाम अभियान चुनौतीपूर्ण बन्दै गएको मानव बेचबिखनविरुद्ध काम गरिरहेका सङ्घसंस्थाका प्रतिनिधिको भनाइ छ । मानव दलालहरूले अपनाउने फरक–फरक शैलीले जोखिम बढ्दै गएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक निर्मल सुवेदीले बताए ।

    “वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपुगेका कारण श्रमशोषण, यौनशोषण हुने काममा लगाउने गरेका धेरै घटना छन्”, उनले भने, “सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथीसँग कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिम देखापर्न थालेको छन् ।” उनका अनुसार आफू जोखिममा पर्दैछु भन्ने थाहा भए पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरूलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको छ ।

    मानव बेचबिखनका घटना प्रत्येक वर्ष बढ्दै गएका छन् । बढ्दो बिलासिताप्रतिको आकर्षण, सञ्चार प्रविधिको दुरुपयोग र असुरक्षित बसाइँसराइका कारण मध्यम वर्गका व्यक्ति बेचबिखनमा पर्ने गरेको पाइएको छ । राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको शक्ति समूहकी क्षेत्रीय अधिकृत निर्मला पौडेलले बताए । उनले मानव बेचबिखनविरुद्ध कुनै एक व्यक्ति वा संस्थाले मात्र प्रयास गरेर नहुने भएकाले समाज, प्रहरी प्रशासनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

    मानव बेचविखनविरुद्धको जिल्लास्तरीय समितिका संयोजक एवं बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले सङ्घसंस्था मुख्य नाकामा केन्द्रित हुँदा ग्रामीण नाकाबाट मानव बेचबिखनको जोखिम बढेको बताउनुभयो । उहाँले मानव बेचबिखनविरुद्ध कार्यरत सङ्घसंस्थालाई स्थानीय तह र ग्रामीण नाकासम्म गतिविधि र निगरानी बढाउन आग्रह गर्दै आएको उल्लेख गरे ।
    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
  • एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
  • गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
  • सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ हफ्ता अघि

  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ हफ्ता अघि

  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
    २ हफ्ता अघि

  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
    २ हफ्ता अघि

  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न
    २ हफ्ता अघि

  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
    १ महिना अघि

  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    २ महिना अघि

  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    २ महिना अघि

  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    ३ महिना अघि

  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    ३ महिना अघि

  • अन्य सबै
    ६ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ७ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ७ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution