


काठमाण्डौ १८ असोज । विवादस्पद अभिव्यक्ति दिएको आरोपमा प्रहरीले धर्मगुरू आचार्य श्रीनिवासलाई असोज १६ मा नियन्त्रणमा लिएको छ। सुनसरी प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मङ्गलबार साँझ श्रीनिवासलाई सुनसरीको बराहक्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनलाई प्रहरीले नियन्त्रणमा लिए संगै हिन्दु धर्मका अगुवाहरु आक्रोसित बनेका छन्।

राष्टबादी केन्द्र नेपालका अध्यक्ष चन्द्र बहादुर थापा सिवी थापा सागरले आचार्य श्री निवासलाई तत्काल रिहा नगरे काठमाण्डौमा आगो बाल्ने चेतावनी दिएका छन्। श्रीनिवासले केही दिन अगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेका आचार्यले गाई काटेर खानेहरुलाई काटेर आए आफुले जिम्मा लिने अभिव्यक्ति दिएका थिए।
हिन्दुको विरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले त्यसको अभिव्यक्ति दिएको भिडिओ सामाजिक संजालमा भाइरल भएको थियो। श्रीनिवासको सोही अभिव्यक्तिलाई लिएर प्रहरीले सोधपुछ गर्नुपर्ने भन्दै उनलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए।
‘केही कुरा बुझ्नुपर्ने भएकोले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थितको लागि बोलाइएको हो,’ उनले भने। उनले ०७४ चैतमा पनि आफैंमाथि गोली हान्न लगाएर धार्मिक हिंसा भड्काउने प्रयास गरेका थिए। विवादस्पद अभिव्यक्ति दिएको आरोपमा प्रहरीले धर्मगुरू आचार्य श्रीनिवासलाई नियन्त्रणमा लिएको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution