म निर्दयी छु, कसैप्रति दयामाया जाग्दैन : आरोपित सञ्जय भण्डारीको बयान ।

काठमाडौँ, २७ असोज । गत भदौ २९ गते तीनकुनेको गैरीगाउँमा भएको सामूहिक हत्यामा संलग्न भनिएका सिन्धुपाल्चोकका २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा क्रूरतापूर्वक ज्यान मारेको कसुरमा मुद्दा दर्ता भएको छ । जन्मजात बोल्न नसक्ने भण्डारीले आफूलाई ठक्कर दिएर मोटरसाइकल भागेको रिसमा धेरैपछि बदला लिन एक जनाको हत्या गर्न जाँदा अन्यले थाहा पाएर देख्नेजति सबैको हत्या गरेको बयान दिएका छन् ।


गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलभित्र ४ जनाको सामूहिक हत्या भएको थियो । घटनामा दोलखा घर भइ सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।

धारिलो हतियार प्रहार गरी ४ जनाको हत्या गरेको घटनामा संलग्न सञ्जय भण्डारीसँग दोभाषेको सहयोगमा प्रहरीले बयान लिएको थियो । बयानमा भण्डारीले आफू निर्दयी रहेको र कसैप्रति दयामाया नजाग्ने बताएका छन् ।

भण्डारीले आफ्नो बयानमा तीनकुनेबाहेक रातोपुल, धुम्बाराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा पनि मान्छे मारेको सनसनीपूर्ण बयान दिएका छन् । यद्यपि त्यहाँ मान्छे मरेको वा मारिएको थियो कि थिएन भनेर प्रहरीले अनुसन्धान गरिरहे पनि कुनै सुराक पाउन सकेको छैन ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *