टिकटक बन्द गर्ने निर्णयको स्वागत गर्दै यूवाहरुले मैनबत्ती प्रज्वलन गरी स्वागत गरे ।

काठमाण्डौ २८ कार्तिक ।  टिकटक बन्द गर्ने निर्यण सरकारले गरे लगत्तै देशमा टिकटक युजरहरुमा तनाव छाएको छ । कतिपयले यो निर्णयको बिरोध सामाजिक संजालमा गरेका छन् भने कतिपयले स्वागत योग्य भएको जनाएका छ । सरकारको टिकटक बन्द गर्ने निर्णयको स्वागत गर्दै सिरहामा यूवाहरुले मैनबत्ती प्रज्वलन गरी स्वागत गरेका छन् ।

सोमबार साँझ सिरहा मिर्चैयामा युवा अभियन्ता पंकज शर्माको नेतृत्वमा युवाहरुले मैनबत्ती प्रज्वलन गरी टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका हुन् । उनीहरुले सरकारलाई निर्णयबाट पछाडि नहट्न आग्रह गरेका छन् ।

शर्माले विगत लामो समयदेखि टिकटक बन्द गर्नुपर्ने अभियान चलाएका थिए । टिकटकबाट सामाजिक सद्भाव भड्काउने र समाजमा अश्लीलता फैलाउने गरिएकाले बन्द हुनुपर्ने उनको भनाई छ । यसमा तपाईंहरुको भनाइ के छ समाचार पुरा पढेर आफ्नो प्रतिक्रिया दिनुहोला ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *