• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१९ जेष्ठ २०८३, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

३ हफ्ता अघि
२

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
३

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ महिना अघि
४

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ महिना अघि
५

hii

१ महिना अघि
६

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ महिना अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

२ महिना अघि
८

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

२ महिना अघि
९

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

२ महिना अघि
१०

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

२ महिना अघि
११

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

३ महिना अघि
१२

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

३ महिना अघि

धेरै पढिएका

  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    ३ हफ्ता अघि
  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ महिना अघि
  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ महिना अघि
  • ५

    hii

    १ महिना अघि
  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ महिना अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    २ महिना अघि
  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    २ महिना अघि
  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    २ महिना अघि
  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    २ महिना अघि
  • भूकम्प प्रभावित क्षेत्रमा चिसोका कारण हालसम्म १० जनाको मृत्यु : भूकम्पपीडित बासिन्दाहरुको जनजीवन कष्टकर बन्दै

    CB Nepal२ साल अघि

    काठमाण्डौ, ४ मंगसिर । चिसोका कारण भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको छ । जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले भूकम्पपीडितहरू चिसोबाट उत्पन्न हुने रोगको सिकार हुन थालेको बताए ।

    भूकम्पपछि त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोले बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घ रोगी र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । मेयर घर्तीले पछिल्लो एक साताको अवधिका १० जनाको मृत्यु भएको बताए । भूकम्पपछि चिसोका कारण मृत्यु हुनेहरुमा बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन,।

    भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालीका वडा नं बयालाका ६० वर्षीय कर्णवीर विक, बारेकोट–६ ताँसीका ५५ वर्षीय वीर कहादुर विक, ।

    जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी र भेरीनगरपालीका वडा नं ४ तल्याउनका केशव भडेल छन् । मृत्यु हुने अधिकांश दीर्घ रोगी रहेका छन् ।
    जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका ३५ हजारभन्दा बढी परिवार कात्तिक १७ को भूकम्पपछि त्रिपालमुनि बस्न बाध्य छन् । ‘पीडितहरूलाई त्रिपालको बसाइ निकै कष्टकर भएको छ,’ उनले भने, ‘त्रिपालले चिसो सोस्दो रहेछ । त्यसपछि पानी तल फाल्दा मुनि सुत्ने बस्नेलाई बढी चिसो भयो । जसका कारण बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक र दीर्घ रोगी धमाधम बिरामी परेका छन् ।’

    भूकम्प प्रभावित क्षेत्रका नागरिकमा चिसोबाट लाग्ने रोगको सिकार हुने दर बढ्ने देखिएको छ । आफन्त गुमाएका, परिवार बस्ने बास ध्वस्त भएका, भूकम्पमा परी घाइते भएका र गाँस, बास आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका मानिस क्रमशः मानसिक समस्याको सिकार हुन थालेको समेत घर्ती सुनाउँछन् ।

    भूकम्पपीडितहरूमा धेरैलाई रातभरि निद्रा नलाग्ने, मनमा अनेक कुरा खेलिरहने, रोइरहने, टोलाउनेलगायत समस्या रहेको उनले सुनाए । तत्काल फाइबर टेन्टको व्यवस्था गरौँ मेयर घर्तीका अनुसार जाडोबाट भूकम्पपीडितलाई चिसोबाट सर्ने नसर्ने रोग सिकार हुनबाट जोगाउन तत्काल त्रिपालको सट्टामा स्थायी टहरा निर्माण नहुन्जेल अस्थायी डबल लेअर भएको फाइबर टेन्ट भएको खण्डमा बचाउन सकिने बताउँछन् । यो समयमा त्रिपालमुनि बास सीमित भएमा चिसोबाट लाग्ने रोग र सङ्क्रामक रोगबाट ठूलो समूह प्रभावित भई अर्को आपत् आइपर्ने त्रास भयो ।

    उनले भने, ‘गाउँघरबाट खबर आउन सुरु भयो । त्रिपालमुनि बस्दा केटाकेटी र बुढाबुढी बिरामी पर्न थाले, मृत्यु भयो चिसोले भनेर त्रिपालमुनि बस्दा चिसो रात कटाउन मुस्किल भयो, ज्यानलाई न्यानो बनाउन कपडा छैन । त्रिपालको सट्टामा चिसोबाट बच्न गोठ बनाउनु पर्छ कि भन्न थाले ।’उता सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले चिसोका कारण रुघाखोकी अहिले फैलिँदो क्रममा रहेकाले ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी दीर्घ रोगी बढी प्रभावित हुने बताए । त्रिपालमुनि बस्नेहरूमध्ये कसैलाई फ्लु सङ्क्रमण भएमा अन्य व्यक्ति सर्ने सम्भावना उच्च रहने उनको भनाइ छ ।

    न्यानो ओतको अभाव हुँदा बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, गर्भवती र सुत्केरीलाई सरुवारोग, रुघाखोकी, ज्वरो, निमोनिया जस्ता स्वास्थ्य समस्या देखिने सक्ने उनको भनाइ छ । प्रभावित क्षेत्रमा अव्यवस्थित शौचालय भएमा, शुद्ध पानी प्रयोग नभएमा हैजा, झाडापखाला, टाइफाइड, रुघाखोकीलगायतका सङ्क्रामक रोगहरूले सताउन सक्ने उनले बताए ।

    प्रयोग गर्ने तथा खाने पानी, शौचालय, हावाबाट सङ्क्रमण हुने रोग देखिएमा चाँडोभन्दा चाँडो निर्क्योल गरी थप फैलनबाट रोक्नुपर्ने डा. पुनको भनाइ छ । जनचेतना अभिवृद्धि गर्न स्वास्थ्यकर्मी परिचालन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले भूकम्प प्रभावित क्षेत्रमा शारीरिक तथा मानसिक रूपमा देखिएका स्वास्थ्य समस्या समाधानका लागि सरकारी र गैरसरकारी तहबाट स्वास्थ्यकर्मी धमाधम खटिरहेको सुनाए ।

    स्वास्थ्य मन्त्रालयले पुनः प्रदेश र स्थानीय तहसँग समन्वय गरी भूकम्प प्रभावित प्रत्येक पालिकामा पुग्ने गरी सर्भिलेन्स र स्वास्थ्यसम्बन्धी चेतना जगाउन जनशक्ति खटाउन लागिएको प्रवक्ता डा. बुढाथोकीले बताए । सङ्क्रामकजन्य रोग तथा चिसोबाट लाग्ने रोगहरूबाट जोगिन जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहका स्वास्थ्यकर्मी स्वयंसेविका, प्रदेश र केन्द्रका स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा दुई दिनपछि खटिने उनको जिकिर छ ।

    उनले भने, ‘प्रदूषित पानीलाई कसरी शुद्धीकरण गर्ने, शौचालयको कसरी प्रयोग गर्ने, सरुवाजन्य रोगबाट कसरी जोगिने विषयमा भूकम्प प्रभावित क्षेत्रमा जनचेतना फैलाउन लागि टिम परिचालन हुँदै छ । स्थानीय तहका स्वास्थ्यकर्मी र स्वयंसेविकाको क्षमता अभिवृद्धि गरी उहाँहरूलाई परिचालन गरिँदै छ ।’

    भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी चेतना, आवश्यक उपचारका लागि प्रत्येक समूहमा सङ्घबाट एक जना प्रदेशबाट दुई जना र अन्य स्थानीय तहका स्वास्थ्यकर्मी रहने छन् । यस्तै प्रभावित क्षेत्रमा मनोपरार्मश र नसर्ने रोगको उपचार र परामर्शका लागि विज्ञ समूहहरू निरन्तर खटिरहेको उनले बताए ।

    महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले पनि साइकोसोसियल काउन्सेलिङका कार्यक्रम सञ्चालन गरिरहेको प्रवक्ता डा. बुढाथोकीले बताए । यता सुरुवाती समयदेखि नै स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट पनि नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी परामर्श तथा उपचार लागि टोली खटिएको उनले बताए ।

    डा. बुढाथोकीको सुझाव : भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई अनिवार्य रूपमा पानी उमालेर वा क्लोरिन प्रयोग गरी पिउन सुझाव दिन्छन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी । खानेकुरामा फास्टफुड र जङ्कफुड धेरै नखान, झिँगा भन्केका खानेकुरा नखान, लामखुट्टेको टोकाइबाट जोगिन उनले आग्रह गरेका छन् ।

    जाडो मौसम सुरु भएकाले दीर्घ रोगीहरूलाई नियमित औषधी सेवन गर्न, तातो लुगा लगाउन र झोलिलो पदार्थ प्रशस्त मात्रामा खान उनको सल्लाह छ । जीवनशैली, खानपान र व्यवहारका कारण कुनै पनि रोग शरीरमा लाग्ने भएकाले सजग रहन उनी आग्रह गर्छन् । भूकम्पपछि त्यस क्षेत्रमा खाने बस्ने, न्यानो भई सुत्नका लागि व्यवस्थापन हुन नसकेको अवस्था छ । त्यो अवस्थामा स्वास्थ्यलाई फाइदा हुने खानेकुरा खान र दैनिक शारीरिक अभ्याससँगै जीवनशैलीलाई सकारात्मक बनाउन उनको सुझाव छ ।

    उता मयेर घर्तीले जबसम्म भूकम्पपीडितको त्रिपालमुनिको बसाइलाई सुरक्षित बनाउन सकिँदैन तबसम्म ज्येष्ठ नागरिक, दीर्घ रोगी, सुत्केरी, बालबालिकालगायतका अन्य बिरामी चिसोबाट लाग्ने सर्ने तथा नसर्ने रोगबाट निरन्तर प्रभावित हुने बताए । भूकम्पपछि देखिएका शारीरिक तथा मानसिक स्वास्थ्य समस्या विस्तारै सम्बोधन भइरहेको उनले बताए ।

    उनले भने, ‘आफन्त गुमाएमा परिवार, घाइतेहरूलाई गाँस, बास, कपासको व्यवस्था गर्दै नर्मल लाइफ फर्काउनका लागि धमाधम मनोपरामर्श दिइरहेका छौँ ।’ यस्तै सर्ने तथा नसर्ने रोगसम्बन्धी उपचार र जनचेतनामूलक कार्यक्रम प्रभावित क्षेत्रमा फैलाउन केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा धमाधम कार्य भइरहेको उनले सुनाए ।

    स्वास्थ्य समस्या भएमा उपचार र परामर्शका लागि समस्या छैन । तर स्वास्थ्य समस्या आउन नदिनका लागि चोसोबाट जोगिनबाट कसरी टार्ने भन्ने समस्या टड्कारो रूपमा रहेको उनले सुनाए । चिसोमा त्रिपालमुनिको बसाइ कष्टकर हुने भएकाले जति सक्दो चाँडो त्रिपाललाई विस्थापित गरेर टेन्ट राख्नुको विकल्प नभएको उनले बताए । समाचार रातोपाटि बाट ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
  • नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    ३ हफ्ता अघि

  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ महिना अघि

  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ महिना अघि

  • ५

    hii
    १ महिना अघि

  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ महिना अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    २ महिना अघि

  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    २ महिना अघि

  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    २ महिना अघि

  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    २ महिना अघि

  • अन्य सबै
    ४ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ५ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ६ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution