


काठमाण्डौ, ६ मंगसिर । जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेपछि नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले मंसिर ७ गते गर्ने भनेको ‘युवा(विद्यार्थी विशेष कार्यक्रम’ तिनकुनेमा गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमवार सुचना जारी गर्दै माइतीघर मण्डलादेखि ।
। नयाँ बानेश्वर चोकसम्मको क्षेत्रलाई सोमबारदेखि ३० दिनसम्म लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले आफ्नो कार्यक्रमको स्थान परिवर्तन गरेको हो। युवा संघका अध्यक्ष क्षितिज थेबेले विज्ञप्ति जारी गर्दै मंसिर ७ गते हुने भनिएको प्रर्दशन निर्धारित मिति र समयमै तिनकुनेमा हुने जानकारी दिएका छन्।
युवा संघ र गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईले नागरिक बचाउ अभियानका नाममा माइतीघर क्षेत्रमा एकै दिन कार्यक्रम राखेपछि प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निषेधित घोषणा गरेको हो। युवा संघले तिनकुनेमा कार्यक्रम गर्ने भनेर बिज्ञप्ती जारी गरेपनि दुर्गा प्रसाईले भने निशेधित क्षेत्र तोडेर कार्यक्रम गर्छन या स्थान परिवर्तन गर्छन भन्ने बिषयमा भने अझै मुख खोलेका छैनन्।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution