‘एनिमल’ मा जोयाको भूमिका निर्वाह गरेकी अभिनेत्री तृप्ति डिमरी यतिबेला चर्चामा, बनिन् ‘नेशनल क्रस’

काठमाण्डौ, २५ मंगसिर । मुम्बई । चलचित्र ‘एनिमल’ मा जोयाको भूमिका निर्वाह गरेकी अभिनेत्री तृप्ति डिमरी यतिबेला चर्चामा छिन् । एनिमलमा काम गरेपछि तृप्तिको फ्यान फलोइङ निकै बढेको छ ।

फिल्म रिलिज हुनुअघि इन्स्टाग्राममा उनका ७ लाख ११ हजार फलोअर्स थिए । जहाँ फिल्म रिलिज भएको सात दिनमै उनका फलोअर्सको सङ्ख्या २९ लाख पुगेको छ । यसबाहेक सामाजिक सञ्जालमा तृप्तिलाई ‘नेशनल क्रस’को नाम दिइएको छ ।

रणवीर र तृप्तिबिचको एउटा दृश्यको निकै चर्चा भइरहेको छ जसमा रणवीरले अभिनेत्रीलाई ‘मेरो जुत्ता चाट’ भनेका छन् । यो दृश्यको चर्को आलोचना पनि भइरहेको छ । फिल्म एनिमलमा तृप्तिले सानो भूमिका निभाएकी छिन् । यसका बाबजुद पनि उनले यसबाट निकै चर्चा कमाएकी छन् ।

एनिमलमा अभिनेत्री र रणवीरबिच केही अन्तरङ्ग दृश्य देखाइएको छ । तृप्तिले कमेडी फिल्म ‘पोस्टर ब्वाईज’ (२०१७) बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् र रोमान्टिक ड्रामा ‘लैला मजनु’ (२०१८) मा उनको पहिलो मुख्य भूमिका थियो। तृप्तिले अन्विता दत्तको बुलबुल (२०२०) र काला (२०२२) मा उनको अभिनयको लागि प्रशंसा पाएकी थिइन्।

अहिले उनले एक्सन फिल्म एनिमलमा सहायक भूमिका खेलेर दर्शकको ध्यान खिचेकी छन् । यस फिल्ममा रणवीरका अलावा रश्मिका मन्दना, बबी देओल र अनिल कपूर पनि मुख्य भूमिकामा छन् । उनले विक्की कौशलसँग आगामी प्रोजेक्टहरूमा काम गरिरहेकी छिन्।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *