लोकप्रिय संगीतकार ज्योतिप्रकाशको संगीतमा नेपालको वर्तमान अवस्था बोलेको “नजाने भो हाम्रो दुःख” गीतको भिडियो सार्वजनिक

काठमाडौं,२० पुष । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा शिशिर योगीको आवाजमा “नजाने भो हाम्रो दुःख” बोलको गीत सार्वजनिक भएको छ।

काठमाडौंको नयाँबानेश्वरस्थित सनराइज क्याफेमा पत्रकार सम्मेलन आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो। राष्ट्रिय भाव झल्काउने उक्त गीतको म्युजिक भिडियोमा शुरविर पण्डित ‘दारी बा’, रश्मि भट्ट र राजानन्द माण्डव्यको अभिनय छ। गाउँघरमा आफ्ना सन्तान नहुदा बाबुआमाले भोग्नुपरेको पीडा, पछिल्लो समय युवाहरू बिदेश पलायन हुँदा |

गाउँघरमा बाझो बन्दै गएको खेतवारी, साथै समग्रमा व्यवस्था बदलिए पनी नेपालीको अवस्थामा परिवर्तन नआएको कुरालाई विशेष जोड दिदै तयार पारिएको उक्त गितको म्युज भिडियो ओएसआर डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।

नारद पोखरेलको शब्द रहेको उक्त गीतमा ज्योती प्रकाशको संगीत भरेका छन्। दिपेन्द्र प्रकाश केसीको निर्देशनमा निर्माण भएको भिडियोको छायांकन नुवाकोट थाहा नगरपालिकास्थित कुन्छाल गाउँमा भएको थियो। गोबिन्द अन्जानको छायांकनमा तयार गरिएको सो गीतलाई कल्पेश बिश्वकर्माले सम्पादन गरेका हुन्। हेर्नुहोस् भिडियो

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *