


काठमाण्डौ,२१ माघ । विदेश पठाइदिन्छु भनेर ६ सय जना भन्दा बढी मानिसलाई ठगी गरेको आरोपमा प्रहरीले एकजना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ घर भई इमाडोल बस्ने ३२ वर्षीय विकास वाइबा भनिने सुजन तामाङ छन्। उनले बालाजुमा युरो विङ्ग्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेका थिए।
त्यहाँबाट मानिसहरूलाई युरोपियन मुलुकहरू माल्टा, पोल्याण्ड, क्रोएशिया र क्यानडा लगायतका देशहरू पठाइदिन्छु भनेर लाखौं ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्रले जानकारी दिए।
सयौं मानिसहरूले उजुरी दिएपछि तामाङविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि फरार रहेकोमा बुधबार ललितपुरको पुल्चोकबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो। उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution