


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभावति रवि लामिछानेले आफूमाथि बारम्बार मुद्धा पर्न थालेपछि आक्रोश पोखेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक ‘स्टाटस’ लेख्दै उनले बारम्बार एउटै विषयलाई कोट्याएर दिक्क लगाइएको भन्दै अक्रोश पोखेका हुन् ।
‘मुद्धा हाल्नु र मुद्धा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् ।’, रविले लेखेका छन्, ‘मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ ।’ लामिछानेले सर्वोच्च अदालतको २०७९ माघ १३ गतेको फैसलाको प्रकरण नम्बर २२, २८ र ३२ मा आफूले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य यकिन भएको बताएका छन् । त्यस्तै, उनले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रहरी कार्यालय काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुनः कायम गरेकोसमेत बताएका छन् ।
त्यस्तै, उनले अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँग भएकाले जेठ ९ गते नै सर्वोच्च अदालतमा बुझाइसकेको उल्लेख गरेका छन् । उनले लेखेका छन्– ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८० ०२ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५र०३र०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं । टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं ।’
रविले आफ्नो स्टाटासको अन्तिममा घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ भन्दै सांकेतिक रुपमा चेतावनीसमेत दिएका छन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution