


काठमाण्डौ, २३ माघ । जिल्ला अदालत काठमाडौंले बाँसबारी जग्गा प्रकरणको अनुसन्धान दुई दिनमा सक्न आदेश दिएको छ। अनुसन्धान २ दिन सम्म सक्नु नसके नियन्त्रणमा लिएकाहरुलाई हाजिर जमानीमा छोडनु जिल्ला अदालतका न्यायधिश यज्ञ प्रसाद आचार्यको एकल ईजलासले भनेको छ।
बांसबारी छाला जुत्ता उद्योगको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी सहित तीन जनामाथिको अनुसन्धानका लागि थप दुई दिनको अनुमति दिँदै अदालतले अनुसन्धान यही दुई दिनमा सक्न र नसके जिम्मा जमानीमा छोड्न भनेको हो।
म्याद थप गर्नु अगाडी भएको बहस पछि अदालतको यस्तो आदेश आएको हो। अदालतले उनीहरुको अनुसन्धान २ दिन भित्र सक्नु भन्दै चौधरीसँगै अजितनारायण सिंहमाथि पनि दुई दिनको मात्रै समय थप गरिएको छ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले चौधरीसहित बाँसबारी जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको थियो। जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले आफ्नो कम्पनीको नाममा ल्याएको पाइएपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution