• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२७ माघ २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

१ घण्टा अघि
२

नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

२ घण्टा अघि
३

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
४

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
५

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
६

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
८

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
९

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
१०

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
११

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१२

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

    १ घण्टा अघि
  • २

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

    २ घण्टा अघि
  • ३

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • ४

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ५

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ६

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ८

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ९

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • १०

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५ दिन बन्द हुने : हेर्नुहोस पुरा समाचार

    CB Nepal१ साल अघि

    नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ ले आउँदो वर्षायाम सकिएसँगै अन्तर्राष्ट्रिय उडान नै बन्द गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिक टर्मिनल भवन, एप्रोन, ट्याक्सी–वे लगायतका पूर्वाधार निर्माण तथा बिस्तारको काम गर्नुपर्ने जनाएको छ । आयोजनाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका ४० वटा वायुसेवाका प्रतिनिधिसँगको छलफलमा निर्माणका क्रममा मुलुककै पहिलो अन्तर्राष्ट्रिय हवाई अड्डालाई ४/५ दिन पूर्ण रुपमा वा आंशिक बन्द गर्नुपर्ने सम्भावना रहेकाले त्यसअनुसार आफ्ना उडानहरूलाई व्यवस्थापन गर्न आग्रह गरेको हो ।

    अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) को जारी प्रावधानअनुसार काठमाडौं विमानस्थल सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा वायुसेवा कम्पनीहरूलाई छलफलमा राखेर यसबारे जानकारी गराएको हो । यसपछि काठमाडौं विमानस्थलको निर्माण क्षेत्रलाई समेटेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले तोकेको मापदण्डअनुसार संसारभरका उड्डयनकर्मीहरूको जानकारीका लागि एरोनटिकल इन्फरमेसन पब्लिकेसन (एआईपी) मा नक्सा प्रकाशन गर्नुपर्छ । यसपछि उडान बन्द गर्नुअघि पाइलटहरूका लागि जारी गरिने सूचना नोटाम (नोटीस टु एयरमिन) निकाल्नुपर्छ ।

    ‘सन् २०१६ मा एशियाली विकास बैंकले तयार पारेको गुरुयोजनाअनुसार विमानस्थलको उत्तरपश्चिममा अन्तर्राष्ट्रियस्तरको जहाज पार्किङ गरिने एप्रोन, अहिलेको धावनमार्गको दुवै विन्दु जोड्न समानन्तर ट्याक्सी–वे निमार्ण तथा विस्तार र जहाजका लागि ह्यांगर क्षेत्र बिस्तार गर्दै दुईटा एप्रोन गरी १५ अर्ब रुपैयाँ बराबरका तीनवटा ठेक्का सञ्चालन भइरहेका छन,’ आयोजना निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले वायुसेवा प्रतिनिधिहरू समक्ष भने, ‘यी पूर्वाधार विस्तारका लागि वर्षा लाग्नुअघि (अप्रिल १ देखि जुन ३० सम्म) मध्य चैतदेखि ०८१ असार १६ सम्म बेलुकी ११ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल नै बन्द गरेर काम सम्पन्न गर्नुपर्ने छ । यसै सिलसिलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति मात्रै होइन ४/५ दिन पूर्ण रुपमा वा आन्तरिक उडान मात्रै सञ्चालन गरेर बाँकी अन्तर्राष्ट्रिय उडानलाई भैरहवा वा पोखरामा डाइभर्ट गरेर काम गर्नुपर्ने संभावना ज्यादै देखिएको छ ।’

    हवाई यात्रुहरूले एक वर्षअघिदेखि नै टिकट बुकिङ गरिसक्ने भएकाले आयोजनाले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरूलाई अन्तिम समयमा दिइने जानकारीले व्यवस्थापकीय संकट आइपर्न सक्ने भएकाले पहिलो चरणको छलफल गरेर जानकारी दिएको हो । आयोजनाकाअनुसार वायुसेवा कम्पनीहरूले मनसुनका बेला ११ बजेदेखि ४ बजेसम्म हुने उडान निर्माण नसकिएसम्म कटौती गर्नुपर्ने वा बिहान सार्नुपर्ने हुन्छ । प्राधिकरणले काठमाडौं विमानस्थलको वार्षिक कम्तीमा १ करोड यात्रुलाई सेवा दिलाउने उद्देश्यले सन् २०१६ यता गुरुयोजनाअनुसार भौतिक पूर्वाधार निर्माण तथा विस्तारका काम गर्दै आइरहेको छ ।

    अहिले त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ वटा मात्रै अन्तर्राष्ट्रिय उडानतर्फका जेट विमान एप्रोनमा पार्किङ हुन्छ । गुरुयोजना अनुसार सबै काम सम्पन्न भए १६ वटा न्यारोबडी विमान एप्रोनमा यात्रुलाई सेवा दिन सक्ने क्षमताको हुने छ । अहिले ३ किलोमिटर धावनमार्गको दक्षिण र उत्तरमा रहेका दुवै विन्दुलाई जोड्ने ट्याक्सी–वे छैन । अबको डेढ वर्षभित्र भने यी दुवै विन्दुसम्म ट्याक्सी–वे जोडिँदै छ । दुवै विन्दुबाट जहाज पस्न र निस्किन ‘इन्ड–टु–इन्ड ट्याक्सी–वे’ निर्माण भएसँगै धावनमार्गको क्षमता थप वृद्धि हुने छ । ‘गुरुयोजना अनुसार निर्माण कार्य सकिएपछि अहिले जस्तो जहाज पार्किङ अभावले सिमरामाथिको आकासमा जहाज होल्ड गराउनुपर्ने, साना जहाजलाई काठमाडौं बाहिरका विमानस्थलमै होल्ड गराउनुपर्ने समस्या निराकरण हुने छ,’ आयोजना प्रमुख इन्जिनियर श्रेष्ठले भने ।

    नेपालमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल नभएकाले ५ वर्षअघि पनि चिनियाँ ठेक्दार कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जिर्णोद्वार गर्दा राति १० देखि बिहान ८ बजेसम्म उडान बन्द गरिएको थियो । यसपटक भने काठमाडौंमा उडान रोक्नुपर्ने अवस्था आइपरेमा भैरहवा र पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान सुचारु गर्न सकिने भएकाले निर्माणका क्रममा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तीन मिटर गहिरो खाल्डो खनेर २०/२५ तहमा माटो पुर्ने काम गर्दा उडान सुरक्षाका कारण विमानस्थल नै बन्द गरेर काम गरिने इन्जिनियरहरूको भनाइ छ ।

    ‘धावनर्मार्गको केन्द्रबाट ७५ मिटर दायाँबायाँ दुरीमा ३ मिटर गहिरो खाल्डो पुर्नु धेरै संवेदनशील काम हो । स्थान अभावले निर्माण भइरहेको क्षेत्रमा धेरै यन्त्र/उपकरण प्रयोग गर्न नसकिने भएकाले विमानस्थल नै बन्द गर्नुपर्ने हुन्छ कि त साना जहाजमात्रैलाई उडाएर ठूला जेट विमानका लागि विमानस्थल बन्द गर्नुपर्ने हुन्छ,’ श्रेष्ठले भने, ‘यसबारे ठेकेदार कम्पनी, परामर्शदाता र प्राधिकरणका इन्जिनियरहरूले साथसाथै अध्ययन पनि गरिरहेका छन् ।

    काठमाडौं विमानस्थलको पूर्वाधारमा मात्रै केन्द्रित आयोजनाले यसअघि पूर्वी भागमा रहेको जहाज पार्किङ क्षेत्रबाट पुराना जहाजलाई अन्यत्र सारेको थियो । एप्रोन निर्माण क्षेत्रमा पर्ने यति र श्री एयरलायन्सका दुईवटा ह्यांगरलाई १५ दिनभित्र भत्काउन भनिसकिएको आयोजनाले जनाएको छ । बुधबारको छलफलमा विमानस्थलमा सञ्चालित तीन फरक आयोजनाका तर्फबाट परामर्शदाताका इन्जिनियरले धावनमार्गसँगै समानान्तर ट्याक्सी–वेको काम थाल्दा जहाजको उडानभार पनि घटाउन भनेका थिए । धावनमार्गको दुरीअनुसार वायुसेवाले यात्रु, कार्गो र तेलको तौल घटाउनुपर्ने छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |




    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution