चर्चित र्याप गायक भरत समारीलाई, चौथो साधना म्यूजिक रिवार्ड कार्यक्रममा साधना संगीतकर्मी सम्मान प्रदान

काठमाण्डौ, १७ फागुन । गएको १५ गते सम्पन्न चौथो साधना म्यूजिक रिवार्ड कार्यक्रममा चर्चित र्याप गायक भरत समारी साधना संगीतकर्मी सम्मान बाट सम्मानित भएका छन्, र्याप गायन बाट युवापुस्तामा आफ्नो छुट्टै पहिचान बनाउन सफल समारीलाई चौथो साधना म्यूजिक रिवार्ड कार्यक्रममा सदाबहार नायक भुवन के.सी, गायक सिताराम पोख्रेल,साधना म्यूजिक रिवार्ड कार्यक्रमकि अध्यक्ष सामना शाहले सम्मान गरेका हुन् ।

कार्यक्रममा बिभिन्न विधामा गायक, गायिका, गीतकार, संगीतकार, निर्देशक्, मोडल, एरेन्जर, गरि गीत संगीत संग सम्बन्धित सबै विधामा उत्कृष्ट हुनेहरुलाई नगद राशि सहित अवार्ड प्रदान गरिएको थियो भने, बिभिन्न विधामा योगदान दिएका विशिष्ट ब्यक्तीहरुलाई सम्मान पनि गरिएको थियो,।

मेलोडी किङ्ग शम्भुजित बास्कोटालाई लाइफटाईम अचिभमेन्ट अवार्डले सम्मानित गरिएको थियो, उक्त कार्यक्र गंगबुको बिजी बैक्वेटमा सम्पन्न भएको थियो । कार्यक्रममा गीत संगीत क्षेत्रका विशिष्ट ब्यक्तीत्वहरुको उपस्थिति रहेको थियो ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *