


काठमाण्डौ ६ चैत्र । विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मजयन्ती आज यहाँ एक विशेष कार्यक्रमको आयोजना गरी मनाइयो । शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा वक्ताहरूले लामिछानेको योगदानको चर्चा गर्दै निबन्धका अतिरिक्त उनले कथा, अन्तर्वार्ता जस्ता विधामा पनि छुट्टै र विशिष्ट किसिमको काम गरेको उल्लेख गर्नुभयो ।
प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति के के कर्माचार्यले आफू लामिछानेका निबन्धबाट प्रभावित भएको बताउनुभयो । समालोचक प्रमोद प्रधानले लामिछानेले लगभग एकै समयमा एब्स्ट्याक्ट चिन्तन प्याज र गोधूली संसारजस्तो फरक शैलीको निबन्ध लेखेको बताउँदै उनको जन्मशताब्दी अब आउन लागेकोले त्यसलाई फरक र विशेष रूपमा मनाइनुपर्ने बताउनुभयो ।
अर्का समालोचक ज्ञानु अधिकारीले लामिछानेका निबन्धका विशेषताहरूको बारेमा विस्तृत विवेचना गर्दै उनका निबन्धका बारेमा अनुसन्धानमूलक काम गरिनुपर्नेमा जोड दिनुभयो । अध्यक्षको आसनग्रहण प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले निकट भविष्यमा शङ्कर लामिछानेबारेको कृति प्रकाशन हुने जानकारी दिनुभयो ।
कार्यक्रममा विशेष अतिथि हङकङका विधायक पी के जोन, साहित्यकार उषा शेरचन, अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्मा र समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले पनि लामिछनेको योगदानमाथि प्रकाश पार्नुभएको थियो भने साहित्यकार डा दामोदर पुडासैनीले लामिछानेबारे आफूले लेखेको निबन्धको अंश सुनाउनुभएको थियो । साथै प्रतिष्ठानका संरक्षक सविता ढुंगानाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा समाजसेवी एवं गीतकार शोभित उप्रेती, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकारहरू हिरण्यकुमारी पाठक, रमेशनाथ खनाल, श्रीओम श्रेष्ठ “रोदन”, नरेन्द्रराज पौडेल, भुपेन्द्र खड्का, मोमिला, ध्रुव वासिष्ठ (डा. भरतकुमार पौडेल), मन्जिला अनिल, सुवासचन्द्र पौडेल, संगीता शर्मा, डा. शान्तिमाया गिरी, विजयध्वज थापा, भानुप्रकाश जोशी, किशोर श्रेष्ठ, रन्जना निरौला, रुद्र अधिकारी, जीवन श्रेष्ठ, हरिष कल्पित, डिल्लीरमण सुवेदी, समिना खनाल पृथा, निर्मलमणि पराजुली, डा. बुनु दाहाल, विन्दु ढकाल, रत्नलक्ष्मी श्रेष्ठ, ममता मृदुल, द्वारिका ढुंगाना, सुमन वर्षा, पवित्रा अधिकारी, लक्ष्मी अप्सरा पाण्डे, हरिष कल्पित, पारु तिमिल्सिना, राजेश खनाल, गायक नरहरि प्रेमी, गायिका रितु कडेल, सपना तिमिल्सिना, हरि गिरी लगायतको उपस्थिति थियो ।
प्रमुख अतिथिले दीप प्रज्वलन गरेर सुरु भएको कार्यक्रममा लामिछानेको हार्दिक श्रद्धान्जलि अर्पण गरिएको थियो । कार्यक्रममा हङकङका विधायक पीके जोनलाई शङ्कर लामिछानेको कृति उपहारस्वरूप प्रदान गरिएको थियो । निबन्धकार श्रीबाबु कार्कीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution