


काठमाण्डौ,८ चैत्र । रास्ट्रीय स्वतन्त्र पार्टीले मन्त्रि लगायत कुनै महत्वपूर्ण जिम्मेवारीमा बसेर सरूवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी खारेजसम्म गर्न सकिने निर्णय गरेको छ । यो निर्णयलाई कार्यान्वन गर्न सक्यो भने रा स्व पा ले जनताको मन फेरी एक पटक निश्चित जित्नेछ ।
साथै रबि लामिछाने नेत्र्त्तवको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको छ । सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुलाई रास्वपाले मन्त्रीलाई सघाउन राख्ने भयको हो।
प्रचण्ड नेतृत्त्वको वर्तमान सरकारमा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।
यी मन्त्रीलाई अब बन्ने विज्ञ समुहले सघाउनेछ भने मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न डा. स्वणिर्म वाग्लेको नेतृत्वमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति समेत बनिसकेको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution