भोजपुरी अभिनेत्री अक्षरा सिंहले नेपाली सिक्दै गरेको भिडियो सामाजिक सञ्जालमा ब्यापक भाइरल

काठमाडौँ । चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंहले नेपाली सिक्दै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रमका लागि नेपाल आएर फर्कने क्रममा उनले सुरक्षाकर्मीसँग नेपाली सिक्न आग्रह गरेको भिडियो अपलोड गरेकी हुन् ।

भिडियोमा उनले ट्राफिक प्रहरीसँग कुराकानी गरिरहेको देखिन्छ । उनले एक जनलाई आग्रह गर्छिन्, ‘मलाई नेपाली सिकाउनुस् न ।’ त्यसपछि ट्राफिक प्रहरीले ‘तपाईंको नाम के हो ?’ भन्न सिकाउँछन् । त्यसपछि अक्षराले उल्टै ती प्रहरीलाई ‘तपाईंको नाम के हो ?’ भन्दै सोध्छिन् । प्रहरीले जवाफ दिन्छन्, ‘मेरो नाम सुरेन्द्र मुखिया हो ।’

अनि अक्षराले पनि मेरो नाम अक्षरा हो भन्छिन् । त्यसपछि अरूलाई पालैपालो नाम सोध्छिन् । उनले नेपाली सिकेर ‘तपाईंसँग भेटेर धेरै खुसी लाग्यो’ भन्दै सेल्फी खिचेर बिदा हुन्छिन् । उनले आफूलाई फेरि नेपाल बोलाउन पनि आग्रह गर्छिन् । भोजपुरी फिल्ममा सक्रिय अक्षराले कयौँ पुरस्कार पनि हासिल गरेकी छन् । उनको तबादला, सरकार राजजस्ता चलचित्रहरू चर्चित छन् । https://fb.watch/rAzTkwHsxF/

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *