राजनीति नै छाड्ने रविको घोषणा, गगनलाई मुखभरिको जवाफ..,(भिडियो हेर्नुस्)

काठमाण्डौ, ३१ बैशाख । सहकारी काण्डले लियो उग्ररुप, राजनीति नै छाड्ने रविको घोषणा, गगनलाई मुखभरिको जवाफ..,(भिडियो हेर्नुस्) कांग्रेस र थापाले आरोप लगाएजस्तो आफूले खुद फारम भरेर सहकारीबाट ऋण मागेको वा लिएको प्रमाणित गरिदिए गृहमन्त्री समेत रहेका लामिछानेले राजनीति छाड्ने घोषणा गरेका छन् । प्रमाणित नगरे तपाईँ राजनीति छाड्न तयार हो भन्दै लामिछानेले थापालगायतलाई प्रश्न गरेका छन् ।

लामिछानेले शुक्रबार साँझ फेसबुकमा भनेका छन्, ‘कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ऋण मागेको–लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन ।’

उनले आफू संसदीय छानबिनसँग र ‘कांग्रेसको देश डुबाउने’ राजनीतिसँग डराएको नडराएको पनि बताएका छन् । ‘तर मलाई मात्र एक पटक बोल्न दिन तपाईँहरू चाहिँ किन डराएको ? डर र रवि लामिछाने एकै ठाउँमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ’, लामिछानेको भनाइ छ ।

उनले अगाडि भनेका छन्,‘तपाईंहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस्, मपनि यो सार्वभौम संसद्को सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने ?’

उनले रास्वपाका नेता कार्यकर्तालाई शिर ठाडो राख्न पनि आग्रह गरेका छन् । उनले आफूले कसैलाई नठगेको पनि जिकिर गरेका छन् । बाँकि तलकाे भिडियो रिपोर्ट |

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *